भैरब खबर डटकम संवाददाता, आईतवार, २५ बैशाख, २०७९
पाल्पा:- जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतको सिद्धार्थ मा.वि. रहवासले ७१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरि मनाएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र कुमार सुनारीको अध्यक्षताबाट सुचारु भएकोमा प्रमुख अतिथि वडा नं.-७ का वडा अध्यक्ष जंग बहादुर थापा रहनु भएको थियो भने विशिष्ट अतिथिमा शिक्षक अभिभावक संघका अध्यक्ष तथा वडा नं.-७, का वडा सदस्य मान बहादुर राना रहनुभएको थियो। यस्तै गरि अतिथिहरुमा निवर्तमान माथागढी गाउँपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं.-७, कि सदस्य हुम कुमारी परियार, सिद्धार्थ मा.वि. का सहायक प्र.अ. लिल बहादुर राना, रहवास स्वास्थ्य चौकीका प्रमुख सि.अहेव भिम बहादुर राना, महेन्द्र नरेश मा.वि. कि शिक्षिका अन्जु थापा, नेकपा एमाले रहवासका प्रतिनिधि अम्मर बहादुर नेपाली, नेपाली काङ्ग्रेस रहवास वडा समितिका सभापति मुनप्रकाश राना, जनप्रिय प्रा.वि. झडेवाका शिक्षक लबिजंग गाहा लगायतका रहेका थिए।
प्रमुख अतिथि जंग बहादुर थापाले हालसम्म यस विद्यालयले धेरै भन्दा धेरै जनशक्ति तयार पारिसकेकोमा खुशी व्यक्त गर्दै विद्यालयको उन्नति-प्रगतिको लागी शिक्षक-अभिभावक र विद्यार्थीहरु बीचको त्रिपक्षीय सम्बन्ध प्रगाढ हुनुपर्ने समेत बताउनुभयो। विद्यार्थीहरुको पढाइमा शिक्षकहरूलाई मात्र दोषी नदेखाई हामी अभिभावकले पनि आफ्नो छोराछोरीका पढाईमा जिम्मेवार बहन गरि लागेमा त्यस्ता विद्यार्थीले पक्कै सकारात्मक नतिजा दिने पनि बताउनुभयो। बोल्ने वक्ताहरूले विद्यालयको उन्नति-प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
भने यसै विद्यालयका भू.पू. विद्यार्थी तथा हाल यसै विद्यालयका शिक्षक रमेश रानाले बुबा स्व. केशर बहादुर रानाको स्मृतिमा रू. २५,००५/- को अक्षयकोष स्थापना गर्नुभएको थियो। उक्त रकमबाट प्राप्त व्याज विद्यालयका जेहेन्दार र मेहनेती विद्यार्थीहरु मध्ये विद्यालय प्रथम,द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गर्न सुझाउनु भएको थियो। यस्तै गरि यसै विद्यालयका भू.पू. शिक्षक हाल जनप्रिय प्रा.वि. झडेवामा कार्यरत लबिजङ्ग गाहाले रू. १५,०००/- को गाहा अक्षयकोष स्थापना गर्नुभएको थियो। उक्त रकमबाट प्राप्त हुने व्याज विद्यालयका संगित क्षेत्रमा रुचि राख्ने र संगित क्षेत्रात्मक विषयमा उत्कृष्ट हुने एक छात्र र छात्रालाई प्रदान गर्नुका साथै विद्यालयको पढाइ उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई प्रदान गर्नुहुन अनुरोध गर्नु भएको थियो।
विद्यालयले साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरि वार्षिकोत्सब मनाएको थियो। जसमा विद्यार्थीहरु वीच विविध विद्या अनुसारका खेलकुद आयोजना गरिएको थियो। खेलमा सदनात्मक र तहगत गरि खेलहरु खेलाइएको थियो। खेलमा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष तथा विशिष्ट अतिथिहरुबाट नगद तथा जिन्सी पुरस्कार प्रदान गरिएको थियो।
अभिभावकहरुको उल्लेख्य सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरुद्वारा मनोरञ्जनात्मक नाच समेत प्रस्तुत गरेका थिए।
भने कार्यक्रम विद्यालयका शिक्षिका जमुना रायमाझीको स्वागत मन्तव्य थालनी भएको कार्यक्रममा विद्यालयका सहायक प्र.अ. लिल बहादुर रानाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भने कार्यक्रमको संचालन शिक्षक प्रेम प्रसाद थापा र रमेश रानाले गर्नुभएको थियो।