सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

साझा नेटर्वक मिडिया प्रालीद्धारा पत्रकार सम्मान तथा भित्तेपात्रो विमोचन

bhairab khabar, आईतवार, ५ बैशाख, २०७८

साझा नेटर्वक मिडिया प्रालीद्धारा पत्रकार सम्मान तथा भित्तेपात्रो विमोचन

सन्तोष महतारा, ०५ बैशाख ।
साझा नेटर्वक मिडिया प्राली तम्घास गुल्मीले भित्तेपात्रो विमोचन तथा शुभकामाना आदानप्रदान गरेको छ । आइतबार गुल्मीको सदरमुकाम तम्घासमा साझा नेटवर्क मिडिया प्रालीले पत्रकारलाई सम्मान समेत गर्दै भित्तेपात्रो विमोचन गरेको हो ।

   कार्यक्रममा प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले पत्रकारहरुले गलतलाई गलत र ठिकलाई ठिक भन्न आवश्यक रहेको बताएका छन् ।  साझा मिडिया प्रालीले गुल्मीको विकासमा खबरदारीसहित सकारात्मक सुचना दिएर अतुलनीय सहयोग गरेको भन्दै प्रशंसा गरे । पत्रकार कुनै राजनितिक पार्टी बिशेष नहुन पनि उनले आग्रह गरेका छन् । 

भरखरै सकिएको नेपाल पत्रकार महासंघको चुनाबलाई लिएर प्रमुख अतिथि नगरप्रमुख भुषालले बिजयभएकाहरुलाई शुभकामना सहित पराजय भएकाहरुलाई सहानुभूति प्रकट गरे । कार्यक्रममा बिशेष अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले निति, विधि र प्रविधिमा आधारित हुन जरुरी रहेको भन्दै सुचना र संचार जगतमा नेटर्वकको महत्वपूर्ण भुमिका भएकोले साझा नेटर्वकको पनि अतुलनीय भुमिका रहेको बताएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गुल्मी न्युज र साझा नेटर्वक सहितका अनलाईन आफ्नो अनलाइन पत्रकारिताको माध्यम बनेको बताएका थिए । अध्यक्ष अर्यालले हालै निर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका सम्पूर्ण पदाधिकारी सहित कार्यसमितिलाई बधाई सहित सम्मान गरेकोमा साझा नेटर्वक मिडिया प्रालीप्रति आभार प्रकट गरे । 

कार्यक्रममा साझा नेटर्वकलाई अतुलनीय सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सचिव प्रेम सुनार, कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, गुल्मीका क्रियाशिल पत्रकार अनिल खत्री लगायत गुल्मी बाग्लुङ्गका क्रियाशिल पत्रकारलाई साझा नेटर्वक मिडिया प्रालीले सम्मान गरेको थियो । 

प्रालीले हालै निर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिलाई बधाई सहित सम्मान गरेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीमा अध्यक्ष पदमा टोपालाल अर्याल, उपाध्यक्षमा रेशम कुँवर र महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा प्रेम सुनार, सह–सचिवमा तिलाचन पाण्डे र तेज कुमार श्रेष्ठ, कोषाध्यक्षमा कौरब खत्री पदाधिकारीसहित नयाँ कार्यसमति निर्वाचित भएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif