शुक्रबार, ५ आश्विन, २०८०

सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध सचेतना कार्यक्रम

भैरब खबर डटकम संवाददाता, सोमबार, ९ माघ, २०७९

सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध सचेतना कार्यक्रम

पाल्पा । सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध २ दिने सचेतना कार्यक्रम बगनासकाली गाउँपालिकामा आइतवारबाट सुरु भएको छ । 
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विभागको आयोजनामा उक्त कार्यक्रम भएको हो । 
कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले अहिले पनि सामाजिक हिसावले धेरै अन्धविश्वास र कुरीति रहेको भन्दै ती समस्याहरुलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष चिदीले चाडपर्व लगायत बिभिन्न सन्दर्भहरुलाई जोडेर कुरीतिहरु हुने पाइएको र त्यस्ता कुरीतिहरुको अन्त्यका लागि सबैको भूमिका उत्तिकै भूमिका रहने समेत बताउनुभयो । 
गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले समाजमा रहेका कुरीतिहरुलाई अन्त्य गर्दै आधुनिक समाज निर्माणका लागि आम नागरिकमा सचेतनाको आवश्यकता रहेको बताउनुभयो । उपाध्यक्ष पाठकले हरेक नागरिकले आफ्नो घर, समुदायमा रहेका कुरीतिहरुको अन्त्य गरि सुसस्कृत समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला तथा बालबालिका विभागकी निर्देशक नीरा अधिकारीले यसप्रकारका कार्यक्रमहरुलाई स्थानीय तहमा सञ्चालन गरि सचेतना अभियान गाउँ टोलसम्म पुगोस् भन्ने उद्देश्य रहेको बताउनुभयो । 
कार्यक्रममा निर्देशक अधिकारी, बिभागकी महिला विकास अधिकृत गीरा कुमारी बस्नेत, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले समाजमा रहेका कुरीति र हानीकारक अभ्यास तथा कानुनी व्यवस्था लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरु, विभिन्न महिला सहकारीका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सोमवार पनि चल्नेछ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg