बिहीबार, २६ माघ, २०७९

सामुदायिक सेवा केन्द्र पाल्पाको अध्यक्षमा पुन उप्रेती

भैरब खबर डटकम संवाददाता, शनिबार, ७ माघ, २०७९

सामुदायिक सेवा केन्द्र पाल्पाको अध्यक्षमा पुन उप्रेती

पाल्पा-सामुदायिक सेवा केन्द्र पाल्पाको अध्यक्ष चौथो अधिबेशनबाट जय प्रकाश उप्रेती अध्यक्षमा निर्बिरिध 
निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष उप्रेती यस भन्दा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहनु थियाे । हाल  अध्यक्षमा उप्रेती सहित १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समाजमा प्रहरी र समुदाय बिच पुलको रुपमा रहेको संस्था सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको १२ औ साधारणसभा सम्पन्न भएको छ । सभाको अवसरमा प्रमुख अतिथीका रुपमा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागी सबैको हितकारी संस्था सामुदायिक सेवा केन्द्र रहेको बताउनुभयो । प्रजीअ पन्तले थप सहजीकरण गर्न र संस्थाको गतिबिधी बढाउन आग्रह गर्नुभयो  । स्थापनाकालका पदाधिकारी तथा केन्द्रका संरक्षण जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले केन्द्रले गरेका कार्यको प्रसंशा गर्नुभएको थियो ।

बिक्रम सम्बत २०६४ सालमा स्थापना भएको संस्थाले समाजका बिकृती न्यूनीकरण गर्न कार्य गरेको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागी असहाय असक्तलाई सहजीकरण , शिक्षाको पहुचमा पुर्याउने, घरायसी झैझगडा न्यूनीकरण लाई सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई परामर्श, विभिन्न सचेतनामुलक कार्यक्रम तथा बाताबरण सरसफाईका काम मठमन्दिर, सार्बजनिक स्थल खानेपानीका सार्वजनिक धाराको सरसफाइ लगायत समाजलाई हित हुने कार्य गरिरहेको छ ।

केन्द्रको मुख्य आयश्रोत आजिवन सदस्यबाट आम्दानी भएको रकम र बैंकबाट प्राप्त ब्याज रहेको छ । तानसेन नगरपालिकाको सहयोगमा भवनको पुननिर्माण  भएको छ । केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रको वार्षिक साङ्गठनिक प्रतिबेदन सचिब कमल तिमिल्सिना र आर्थिक प्रतिबदेन कोषाध्यक्ष राजेश भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif