भैरब खबर डटकम संवाददाता, मंगलवार, १४ असार, २०७९
सिटिजन लाइफको बर्दघाट शाखाबाट बिमा गराएका स्वर्गिय सुरज थापाका छोरा अधिश थापाले रु ५ लाख ५० हजार रकम प्राप्त गरेका छन ।
सिटिजन लाइफ बर्दघाट शाखामा बिमा गराएका सुरज थापा जो यहि मिति २०७९/०१/१० गते पौडि खेल्ने क्रममा डुबेर मृत्यु भयो उनले आफु प्रास्ताबक बसि बच्चाको ५ लाख बिमाङ रकमको बिमा गराराएका थिए बीमा २० बर्ष अवधिको थियो उनले ३ वटा मात्र किस्ता तिरेका थिए । बार्षिक किस्ता ३०९८१/- थियो उनले ३ किस्ताको जम्मा ९२४४३/- रुपैया सिटिजन लाइफ लाई बुझाएका थिए उनको यस्तो अकल्पनिय घटना पछि अकल्पनिय घटना पश्चात प्रति उनका छोरा अधिश थापालाई कम्पनिले लगभग ३० लाख भन्दा बढिको आर्थिक भार बहन गर्ने भएको छ । जस अन्तर्गत हिजो मात्र बिमाङक रकम रु ५ लाख निज बच्चाकि आमा कमला थापाको नाममा उपलब्ध गराइएको छ , अब को १७ बर्ष सम्म हरेक महिना पाँच हजारका दरले पढाई खर्च रकम करिव दश लाख भन्दा बढि पाउने छन भने तिर्नु पर्ने बाँकि १७ बर्षको किस्ता कम्पनिले छुट गर्नेछ भने पोलिसि परिपक्क हुँदा करिव १० लाख बढि पाउनेछ्न यसरि हिसाब गर्दा ३० लाख बढि हुन आउँछ ।
हिजो मात्र बर्दघाट नगरपालिका वडा न्ं ४ का अध्यक्ष बेदबिना तिवारिको हातबाट चेक हस्तान्त्रण गरिएको छ भने सो मृत्यु दाबि कार्यक्रममा एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकाल, ब्राम्च म्यानेजर भिम प्रसाद सुबेदि लगायत एजेन्सि म्यानेजर हरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बेदबिना तिवारिले सिटिजन लाइफले गरेको कार्य प्रति प्रशंशा गर्नु भएको थियो । सबै वडा बासिले बीमा गरेर आफु र आफ्नो परिवारलाई सुरक्षित गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो कार्यक्रममा एजेन्सि म्यानेजर प्रतिमा खत्री ज्यूले सो बीमा आफुले पैसा राखेर गराईदिएको पछि बिस्तारै बिस्तारै उनले पैसा फिर्ता गरेको साथै स्वर्गिय सुरज थापा निकै जिम्मेवर र ब्यवहारिक रहेको जानकारी दिनु भइ आफु हरु बजारमा बीमा बारे बुझाउन जाँदा मानिसहरुले सुन्न सम्म पनि नचाहेको गुनासो राख्नु भएको थियो । बीमाको सिद्धान्त र सिटिजन लाइफले गरेको दाबी भुक्तानि बारे एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकालले आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रम मा सिटिजन लिडरहरु , टोल सुधार समिति लगायत छिमेकिहरुको उपस्थिति रहेको थियो ।