बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

सिद्धार्थ राजमार्ग बुटवल पाल्‍पा सडक खण्‍ड अन्‍तर्गत हिउँदे खोला नजिकै सडक भासिदा बाटो अवरूद्ध (फाेटो सहित)

भैरब खबर डटकम संवाददाता, बिहीबार, १६ भाद्र, २०७९

सिद्धार्थ राजमार्ग बुटवल पाल्‍पा सडक खण्‍ड अन्‍तर्गत हिउँदे खोला नजिकै सडक भासिदा बाटो अवरूद्ध (फाेटो सहित)

पाल्पा – सिद्धार्थ राजमार्ग बुटवल पाल्‍पा सडक खण्‍ड अन्‍तर्गत तिनाउ–५, हिउँदेखोला नजिकै सडक भाँसिदा राजमार्ग अबरुद्ध भएको छ । हिउँदेखोला नजिकै ४० मिटर सडक भाँसिदा आज दिउँसो साढे ४ बजेदेखि यातायात समेत अबरुद्ध भएको हो ।

सडक भाँसिएर सिद्धार्थ राजमार्गमा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको थापाले जानकारी दिनुभयो ।सडक अबरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif