भैरब खबर डटकम संवाददाता, सोमबार, ९ श्रावण, २०७९
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ भूतखोलामा पर्यटक भित्राउने उद्देश्य सहित सिद्ध सरोबर झरना तथा व्यवस्थित पार्क सञ्चालनमा आएको छ । भूतखोला सिद्धसरोबर झरनाको सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरे । भूतखोलामा रहेको प्राकृतिक झरनास्थलमा विभिन्न संरचनाहरू निर्माण गरेर आकर्षकको केन्द्रको रूपमा विकास गरिएको भूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोकाले बताइन् ।
वन र प्रदेश सरकारको गरी २५ लाख रूपैयाँको लगानीमा पार्क बनाइएको हो । पार्कको शिरानमा सिद्धसरोबर महादेवको प्राणप्रतिष्ठा पनि गरिएको छ । पार्क र झरना अवलोकन गरी मनोरञ्जन लिनको लागि अब आन्तरिक पर्यटकको लागि २० रुपैयाँ र बाह्य पर्यटकहरुलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको वनका सचिव सन्तोष शेरचनले जानकारी दिए । झरनामा वार्षिक ३ लाख पर्यटक आउने लक्ष्य लिइएको छ ।
मुख्यमन्त्री केसीले झरना र पार्कले पर्यटन विकासको लागि गाउँपालिमा ढोका खुलेको बताए । ‘बुटवल नजिकै रहेको यो ठाउँ भारतीयहरुको लागि उचित छ’ केसीले भने, ‘सिद्धबाबामा सुरुङमार्ग बनेपछि दोभान, भुतखोला, लगाएका विभिन्न धार्मिक तथा पर्यटकीय गन्त्व्यमा पर्यटकको आगमन धेरै बढने छ ।
केसीले थपे, ‘नेचुरल झरनालाई बिगार्नु हुँदैन । यो पर्यटन विकासको लागि रिसोर्च हो । यिनीहरु पछि गएर अनुसन्धान गर्ने केन्द्रको रुपमा पनि विकास हुन सक्छन ।’ कार्यक्रममा लुम्बिनी प्रदेशमा वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले पर्यटनको विकासबाट लुम्बिनी प्रदेशको आर्थिक समृद्धि हुने बताए । उनले भूतखोला झरना विदेशी पाहुनाको आकर्षक को केन्द्र बन्ने बताए । अm।वउन
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तुलाराम घर्तीमगरसबै अथक प्रयासबाट नै सफल बनेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकालाई पर्यटकीय हव बनाउन आफूहरुले निरन्तर लागिरहेको बताए ।
डिभिजन वन अधिकृत दीपक ज्ञवालीले भूतखोला वन धेरै सम्भावना रहेको भन्दै यसभित्र रहेको प्राकृति स्रोतहरुको उपयोगबाट आर्थिक उन्नती स्थानीयले गर्न सक्ने बताए । प्रकृतीलाइ बचाउँनु नै अहिलेको मुख्य जिम्मेबारी रहेको उनको भनाइ छ ।