शुक्रबार, ५ आश्विन, २०८०

स्वच्छ प्रतिष्पर्धाको पक्षमा गठबन्धन : श्रेष्ठ

भैरब खबर डटकम संवाददाता, बुधबार, ३० कार्तिक, २०७९

स्वच्छ प्रतिष्पर्धाको पक्षमा गठबन्धन : श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति तथा सत्ता गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले स्वच्छ प्रतिष्पर्धाको पक्षमा सत्ता गठबन्धन रहेको बताएका छन् । विहीबार तानसेनमा भएको पत्रकार सम्मेलनमा उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले असान्न मंसिर ४ को निर्वाचनलाई स्वच्छ प्रतिष्पर्धाको रुपमा गठबन्धनले लिएको बताएका छन् । केही दलहरु आरोप प्रत्यारोप गर्दै जनतालाई झुट्को खेति गरिरहेको प्रति संकेत गर्दै संयोजक श्रेष्ठले गठबन्धन स्वच्छ प्रतिष्पर्धाको पक्षमा रहेको धारणा व्यक्त गरे । उनले भने‘ बरु हामी निर्वाचनमा हार बेहोर्न तयार छौं तर कसैलाई आरोप पत्यारोप लगाउने र जनतालाई झुुट्टा प्रचार गर्दैनौ । ’

संयोजक श्रेष्ठले दुई/दुई पटक संसद भंग गर्ने, देशमा अस्थिरता फैलाउने, स्वच्छाचारिता गर्ने केपी ओलीको प्रवृत्तिका विरुद्ध गठबन्धन भएको स्पष्ट पारे । एमालेको निरदलीय कदम र स्वेच्छाचारिता विरुद्धको गठबन्धन भएकाले एमालेका साथीहरुले समेत अहिले गठबन्धनलाई भोट दिएर विजयी बनाउनुपर्ने श्रेष्ठको तर्क छ । अब फेरी जनताले मत दिएर संसदमा गएपछि संसद विघटन गर्दैन भन्ने के ग्यारेन्टी त्यहि भएर ऐजेण्डा विहिन एमालेलाई भोट हालेर पछुताउनु मात्रै हुने श्रेष्ठको भनाई छ । गठबन्धन र उम्मेदवारहरुले गरेका प्रतिवद्धताहरु पुरा गर्ने दिशामा आफुु एक भएर लाग्ने पनि उनले बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद् यादव बहादुर रायमाझीले यो निर्वाचन सामान्य नभई विशेष भएको बताए । रायमाझीले भने ‘अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनका विरुद्धको लडाई हो । यो लडाई सत्ता गठबन्धन र प्रतिपक्ष दल बिचको लडाई हो । ’ प्रतिगमनलाई परास्त गर्न र लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनको जित निश्चित रहेको उनले बताए । रायमाझीले केपी ओलीले जिते फेरि संसद भंग गर्ने र अध्यादेशबाट साशन गर्ने भएकाले त्यसतर्फ सबै सचेत हुुनुुपर्ने बताए । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले ओलीले लोकतन्त्रलाई नै लत्याएर प्रतिगमनको बाटो रोजेकाले त्यसको विरुद्ध लाग्न समेत पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा पाँच दलिय गठबन्धनले मंसिर ४ मा हुने निर्वाचनको सम्पूूर्ण तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले गठबन्धनद्वारा जारी प्रेस विज्ञप्ति प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकारहरुले जिज्ञासा राखेका थिए । गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विकको स्वागत, मथुरा ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg