सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

सराई फूलबारी बचत तथा ऋण सहकारी सस्थाकाे १४ बार्षिक साधारणसभा सम्पन्न

भैरव संवाददाता, मंगलवार, १२ आश्विन, २०७८

सराई फूलबारी बचत तथा ऋण सहकारी सस्थाकाे १४ बार्षिक साधारणसभा सम्पन्न

माया बस्याल -माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सराईकाे फूलबारीमा रहेर १३ बर्षसम्म सबै मिलेर थाेपाथाेपा वचत गरि भकारी भर्ने उद्देश्यले स्थापना भएको सहकारी सराई फूलबारी बचत तथा ऋण सहकारी रहेक छ ।कार्यक्रमका प्रमुख अतिथि खेमान सिं रानाले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै  सहकारीले अझै उत्तरउतर प्रगति गर्दै जाने साथै अाफू मिलेर जन्माएको हुदा अनफूलाई निकै माया लाग्ने र सबै मिलेर सहकारीको मर्म पूरा गर्न अाग्रह समेत गर्नु भएको थियो ।

सहकारी अध्यक्ष जगत बहादुर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भूत पूर्व सैनिकमा कार्यरत ३५ जना सेयर सदस्य मिलेर खाेलेकाे यस सहकारीका ८ जना भूपू सैनिकले वीर गति प्राप्त गर्नु भएको छ र अहिले सहकारीमा सेयर सदस्य बढेर ३३० जना हुनुभएको छ । भने सेयर सदस्यकाे मृत्यु भएमा सहकारी बाट रु १२ हजार दिने निर्णय समेत कार्यान्वयन पनि भएको छ । साथै यस सहकारी भित्रका सेयर सदस्य ७० बर्ष पुगेमा सहकारी बाट सम्मान समेत गरिएकाे छ।सहकारी व्यवस्थापक भद्र बहादुर सारुले अायव्यय विवरण सहित लेखा प्रतिवेदन प्रस्तुत गर्दै  सहकारीको निश्पक्ष बचत १ कराेड ३१ लाख ५९ हजार ३ सय ९५ रहेको कुरा जानकारी गराउनु भएको थियो । साथै सहकारीले सहकार्यमै सेयरसदस्यलाई ऋण लगानी गर्ने हुदा सबै सेयरसदस्य सन्तुष्ट नै भएको कुरा समेत जानकारी गराउनु भएको थियो ।

साथै याे वर्ष शुभकामना सहित सहकारी भित्रका जेष्ठ नागरिक १० जनालाई प्रमुख अतिथि लगाएत सबै अतिथि सहितले टाेपी , दाेस्लला वडाएर सम्मान सहित जीवनकाे अस्तित्व रक्षाका लागि तथा हाैसला बढाउनका लागि सम्मान गरिएको कुरा सहकारी अध्यक्ष जगत बहादुर थापाले जानकारी गराउनु भएको थियो ।कार्यक्रमका अवसरमा कसेनी माडी कृषि सहकारी अध्यक्ष टिकाराम राना , काैडे बचत तथा ऋण सहकारी अध्यक्ष पदम बहादुर घर्ती मगर , सुवेदार टिकाराम दर्लामी , बुद्धिजीवी जनकराज शर्मा लगाएतले शुभकामना दिनु भएको थियो ।

साथै बन्दसत्रमा कार्यसमित पनि विघटन भएको छ नयाँ कार्य समिति गठन गरिएको छ जसमा जगत बहादुर थापा अध्यक्ष हुनेगरि मुख्य समिति , टिकाराम दर्लामी संयाेजक हुने गरि लेखा समित ,  नवल प्रसाद श्रेष्ठ संयाेजक हुनेगरी ऋण अनुगमन समिति टिकाराम राना संयाेजक हुनेगरि अनुगमन तथा सल्लाहकार समिति समेत पुर्न: गठन गरिएको छ ।
कार्यक्रम समिति  अध्यक्ष जगत बहादुर थापाकाे अध्यक्षता , काेषाध्यक्ष हुमा रानाकाे स्वागत मन्तव्य र सचिव माया बस्यालकाे सञ्चालनमा सम्पन्न भएको हाे । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif