सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

तिनाउ गाउँपालिकाले चरचरेमा सार्वजनिक शौचालय निर्माण

भैरब खबर डटकम, शुक्रबार, २२ श्रावण, २०७८

तिनाउ गाउँपालिकाले चरचरेमा सार्वजनिक शौचालय निर्माण

जिल्लाको तिनाउ गाउँपालिकाले सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने तानसेन बुटवल सडक खण्डको चरचरे नजिकै हाइवयमा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाले पालिकाको पन्ध्र लाख रुपैया तथा जनश्रमदान दुई लाख पच्चिस हजार रुपैया गरि कुल  सत्र लाख पच्चिस हजारको लागतमा सार्बजनिक सौचालय निर्माण सम्पन्न भएर प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो ।  तानसेन बुटवल सडकखण्डको आधी भन्दा बढी अर्थात  चिडियाखोला देखि गौडेपुलसम्म तिनाउ गाउपालिकामा पर्ने भएकोले आफ्नो क्षेत्रको सरसफाइका लागि पालिकाको पहलमा सार्वजनिक शौचालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

सार्वजनिक चर्पी निर्माण भए सँगै बाताबरणीय सरसफाइमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । यस्तै गरि वडा न ५ का वडा अध्यक्ष दल बहादुर दर्लामिले आफ्नो वडा भित्र पर्ने राजमार्गमा सार्बजनिक शौचालय  बनाउन पाउँदा खुसी व्यक्त गर्नुहुदै यसको सहि सदुपयोग तथा सरसफाइका लागि सबैलाइ आग्रह गर्नुभएको थियोे । अपांग मैत्री समेत रहेको शौचालयमा २ कोठा महिला तथा युरिनेसन सहितको १ कोठा पुरुषहरूको लागि निर्माण भएको छ ।

शौचालय सरसफाइका लागि करिब एक हजार  पाँच  सय मिटर माथीबाट पानी लागि रेखदेख गर्ने ब्यक्तिको समेत ब्यबस्थापन गरिएको वडा अध्यक्ष दर्लामिले जानकारी गराउनुभएको छ । सार्वजनिक शौचालय चरचरे बजार देखि तानसेन  तर्फ दोस्रो माथिल्लो घुम्तिको सडक छेउमा रहेको छ । सार्वजनिक शौचालय निर्माण भए सँगै यात्रुहरूलाई सहजता भएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif