सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

तिनाउ कचलका दीर्घरोगीहरूलाई आर्थिक सहयोग

सन्ताेष गहतराज, मंगलवार, १६ कार्तिक, २०७८

तिनाउ कचलका दीर्घरोगीहरूलाई आर्थिक सहयोग

पाल्पा-जिल्लाको तिनाउ गाउँपालिका वडा न १ कचलका दीर्घरोगीहरूलाई नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले एक कार्यक्रमका बिच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । रेडक्रस पाल्पा शाखाले कचलका ४६ जना दीर्घरोगीहरूलाई २ हजारका दरले आर्थिक रकम सहयोग गरेको हो । उक्त रकम गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले वितरण गर्नु भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले रेडक्रस पाल्पा शाखाले दीर्घरोगी भएका नागरिकहरूलाई मध्ये नजर गरि रकम हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै वितरित रकमले नागरिकहरूलाई सहयोग पुग्ने बताउनुभयो । रेडक्रसले पाल्पा शाखाले विगत ३ बर्ष देखि तिनाउको वडा न १ कचल र वडा न २ को दोभानमा खानेपानी र सरसफाइको क्षेत्रमा कार्य गरिरहेको बताउनुभयो । गाउँपालिका र रेडक्रसको समन्वयमा हाल सम्म २ करोड भन्दा बढी रकमको कार्यक्रम भएको  अध्यक्ष घर्ती मगरले बताउनुभयो । तिनाउ गाउँपालिकाले दीर्घरोगीहरूका समय समयमा स्वास्थ्य शिविर सञ्चालन,दीर्घरोगीहरूका लागि निशुल्क औषधीको वितरण लगाएतका कार्यक्रमहरू सञ्चालन गरेको बताउदै हाल तिनाउमा लाकौ आखा अस्पतालको शाखा विस्तार गरिएकोले आखा सम्बन्धि शिविरको सञ्चालन गरि परिक्षणको गरिने पनि अध्यक्ष घर्ती मगरले बताउनुभयो । तिनाउ कचलका दीर्घरोगीहरूलाई रेडक्रस पाल्पा शाखाले रकम हस्तान्तरण गरेकाे सस्थालाई धन्यवाद दिदै वितरित रकमले उपचारमा थप टेवा पुर्याउने  बताउनुभयो । 

रकम हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका कार्यक्रम अधिकृत बाबुराम कार्कीले दीर्घरोगीहरूले लामो समय सम्म औषधी सेवन गर्नु पर्ने भएकोले सस्थाले नागरिकहरूलाई उपचार एवम पौष्टिक आहारको सेवनमा सहजता होस भनी रकम हस्तान्तरण गरेको बताउनुभयो । 

कार्यक्रममा वडा न १ कचलका वडा अध्यक्ष रोम बहादुर लम्तरी,वडा सचिव हरि प्रसाद पौडेल लगाएत वडा सदस्यहरूको उपस्थिति रहेको थियो । रेडक्रस पाल्पा शाखाले दीर्घरोगीहरूलाई ९६ हजार रकम वितरण गरेको हो । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif