सन्तोष गहतराज, बिहीबार, २ असार, २०७९
पाल्पा-जिल्लाकाे तिनाउ गाउँपालिकाले किसानहरुलाई खेतबारी जोत्ने मेसिन(मिनिटिलर) वितरण गरेको छ । गाउँपालिकाले पालिकाका ८४ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गाउँपालिकाको कार्यालय परिसरमा हस्तान्तरण कार्यक्रम गरी किसानहरुलाई 9HP को मिनिटिलर हस्तान्तरण गरिको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनु भयो ।
मिनिटिलर हस्तान्तरण गर्दै उहाँले कृषिमा आधुनिनिकरण र यान्त्रिकरणका लागि किसानलाई मिनि टिलर वितरण गरेको बताउनुभयो । ‘हामी अझैपनि खेतबारी गोरुबाट जोत्दै आएका छौँ’, उहाँले भन्नु भयो ‘अब कृषिमा आधुनिकिकरण गर्न जरुरी छ । हाम्रो ठाउँमा ठुला टूयाक्टरले जोत्न सम्भव छैन । त्यसैले मिनिटिलर वितरण गरेका छौ । यदि कोहि वास्तविक ब्यबसायिक किसान छुट्नुभएको छ भने गाउँपालिकाका वडा कार्यालयमा सम्पर्क गर्नु हुन साथै थप आगामी आर्थिक बर्षमा पनि बजेट विनियोजन गरि वितरण गर्छौ"श्रेष्ठले बताउनुभयो । हरेक वडाबाट आबेदन संकलन गरी बास्तविक किसानलाई मिनि टिलर वितरण गरि रहेको उहाँले बताउनु भयो । बाँझो रहेका जमिनबाट उत्पादन लिनका लागि मिनिटिलर सहयोगी हुने उपाध्यक्ष लाल बहादुर थापाले समेत बताउनु भयो ।
चालु आर्थिक बर्षको कार्यक्रम अनुसार ३४ लाख ४४ हजार रुपैयाँको बजेटमा मिनि टिलर खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक हेमन्त कुमार शर्माले जानकारी दिनु भयो । मिनिटिलरका लागि किसानले ५० प्रतिशतमा हुन आउने रकम रु ३१ हजार ७ सय २५ रुपैयाँ तिरेका छन् भने गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो ।