भैरब खबर डटकम, आईतवार, २५ माघ, २०७७
सन्तोष गहतराज
पाल्पा माघ २६
पाल्पामा ब्यबसायिक कालिज पालन सुरु गरेको ‘शितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्राइभेट लिमिटेड’ मा चितुवाले आक्रमण गरेको छ । तानसेन नगरपालिका–५, ढुंगाखानीमा व्यवसायीक कालिज उत्पादन तथा विक्री गर्ने उदृेश्ययले कालिज पालन गरिएको छ ।
रातीको समयमा कालिज फर्म भित्र पसेर कालिजलाई आक्रमण गरे पछि नियन्त्रणमा लिन बन कार्यालयका कर्मचारी तथा नेपाली सेनाको टोली खटिएको र लामो समयको प्रयास पछि चितुवालाई फर्मबाट निकाल्न सकिएको संचालक सुरेन्द्र बस्यालले बताउनुभयो । फर्ममा करिब १० लाख बराबरको क्षेतिको अनुमान रहेका सञ्चालक बस्यालले जानकारी दिनुभयो ।