सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झोला बनाउने तालिम प्रदान

bhairab khabar, सोमबार, ६ बैशाख, २०७८

तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झोला बनाउने तालिम प्रदान

सन्तोष गहतराज
पाल्पा।।जिल्लाको तानसेन नगरपालिका वडा न १० तेल्घाका महिलाहरूलाई स्वरोजार बनाउने उधेश्यका साथ एक हप्ते झोला बनाउने तालिम सम्पन्न भएको  छ । 
तालिम कुण्डली सिकाई केन्द्रको आयोजनामा सम्पन्न भएको हो । 

समापन कार्यक्रमको प्रमुख अतिथि तानसेन नगरपालिकाकि उपमेयर लक्ष्मी पाठकले तालिममा सिकेका कुरालाई व्याहारमुखी बनाई उत्पादनमुलक कार्यमा जोडिन आर्गह गर्नु भयो । तालिम सिकेर मात्र औचित्य नहुने बताउदै तालिम सिकेका कुराहरूलाई व्यवहारिक जीवनमा लागू गरि उधमशिल बन्न आर्गह गर्नु भयो । साथै तानसेन नगरपालिकाले पनि महिलाहरूलाई स्वरोजगार बनाउनको लागि बजेट बिनियोजन गरि विभिन्न स्वरोजारमुलक कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । 

कार्यक्रमका विशिष्ट अतिथि तानसेन वडा न १० का वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सिनाले तालिम सहभागी महिलाहरूलाई जुन कुण्डली सिकाइ केन्द्र एक हप्ते तालिम प्रदान गरेको छ । यस्ले बेरोजगार महिलाहरूलाई उधमशिल बनाउन महोत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै महिलाहरूलाई झोलाहरू बनाउन आर्गह गर्दै ती झोलाहरू विक्री वितरण गर्न पनि समस्या नहुने बताउनु भयो । बिशेष गरि तानसेन बजार,प्रभास बजार   वडाबाट नजिकै रहेको बजारिकरणको समस्या नहुने भएकोले धेरै भन्दा धेरै फाइदा लिन आर्गह गर्नु भयो । साथै  उहाले स्थानीय सरकार तानसेन १० तेल्घाले सडक पुर्वधारको विकास,घरघरमा खानेपानी पुग्याउने,कृषकहरूलाई कृषि उपकरण वितरण,कुरिलो,किम्बु लगाएत उन्नत जातका बीउ बिजन वितरण,बाख्रा वितरण,तानसेन १० तेल्घामा पर्ने गुफा चौरको स्तर उन्नत ,शैक्षिक गुणस्तर वृद्धिका ,स्वास्थ्यका क्षेत्र लगाएतमा काम गरेको बताउनु भयो । 

कार्यक्रममा तानसेन नगरपालिकाका रेशम लाल न्यौपाने ,सिकाई केन्द्रका कृष्ण बहादुर राना लगाएतको उपस्थिति रहेको थियो । तालिममा १६ जना महिलाहरूको उपस्थिति रहेको थियो ।

तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झोला बनाउने तालिम प्रदान

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif