सन्तोष गहतराज, बुधबार, ११ श्रावण, २०७९
पाल्पा-पाल्पा जिल्ला एक पहाडकि रानी हो । त्यहि पहाडकि रानीको उपनामले चिनिने जिल्लाको सदरमुकाम तानसेन हो । तानसेन नगरपालिका एउटा इतिहास बोकेको पुरानो नगरपालिका हो । हाल एउटा इतिहास बोकेको नगरका नागरिकको घरघरमा पुगी सेवा प्रदान गर्ने गरेका छन । तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,उमेरले युवा वडा अध्यक्ष श्रेष्ठले स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अत्यधिक मत प्राप्त गरि विजयी हासिल गरेको थिए । उसो त वडा अध्यक्ष श्रेष्ठले पुर्व वडा सदस्य समेत हुन । वडा सदस्य हुदा निकै सकृयका साथ नागरिकलाई समस्या परेको ठाउँमै पुगी सेवा प्रवाह गर्न उनी पुग्थे । हाल सोही कार्यको मल्यांकन स्वरूप नागरिकले वडा अध्यक्षमा श्रेष्ठलाई निर्वाचित गराएका छन । जनताको दुख पिडामा मलाम लगाउन होस या अन्य कार्यमा होस वडा अध्यक्ष श्रेष्ठ स्कुटी लिएरै घरघरमा पुग्ने गरेको छन ।
वडाध्यक्ष निर्वाचित भएपछि श्रेष्ठ जनताको सेवामा व्यस्त देखिन्छन् विदाका दिन बाहेक १० बजे वडा कार्यालय पुग्छन । ५ बजेसम्म कार्यालयमा बसेर काम गरिरहेका हुन्छन् । जनतालाई समस्या परेको खण्डमा सम्बन्धित ठाउँमै पुगेर सेवा प्रदान गर्छन् । नागरिकलाई समस्या परे राति होस या दिन घरमै पुगेर काम गर्ने गरेको बताउनुभयो । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै उनी वडाका विभिन्न टोलटोलमा पुगेका छन । साउन १०,११,१२ र १३ गते अभियान नै सञ्चालन गरेर सबै टोलमा रहेका वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दैछन्। ‘वृद्ध बुबाआमा वडा कार्यालयसम्म आउन नसक्ने हुनुहुन्छ। कतिपय वृद्धवृद्धा सहाराविहीन नै हुनुहुन्छ’, उहाले भन्न्ु भयो । ‘त्यसैले टोलमै पुगेर सेवा दिएको छु । हिँड्न नसक्ने अशक्त वृद्ध बुवाआमालाई घरमै पुगेर सेवा दिने गरेको छु । वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अपांगता भएका व्यक्ति, एकल महिला, दलित समुदायका पाँच वर्ष मुनिका बालबालिकाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिएको छ । हाल तानसेन नगर सरकारको प्रोटोकल बमोजिम ५ एम्पियर क्षमता भएको महिनामा २० न्युनिट भन्दा कम विधुत उपयोग गर्ने ग्राहकहरूको महसुल नगरपालिकाले तिरिदिने भन्दै लागत संकलन गराउदै नागरिकलाई सचेत गराउन वडा अध्यक्ष श्रेष्ठ सकृय हुनुहुन्छ ।
नागरिकको सेवा प्रदान गर्ने कार्यमा वडा अध्यक्ष श्रेष्ठ मात्र होइन वडा सचिव जीवन नेपाली लगाएत अन्य वडा सदस्यहरू पनि सकृयताका साथ नै लाग्ने गरेको छन ।
बेरोजगार युवालाई स्वरोजगार बनाउने कार्यमा अगाडि बढ्छु । । । । । ।
सामान्य परिवार पाल्नकै लागि अधिकांश युवा रोजगारको लागि विदेश जानु पर्ने बाध्यता छ । अहिले स्वदेशमा खासै युवा छैनन् । भएका युवा पनि बेरोजगार छन । विदेश जाने योजना बनाइ रहेका छन । ती युवालाई स्वरोजगार बनाउन युवामैत्री कार्यक्रम सञ्चालन गरिएको छ । चालू आर्थिक बर्षमा युवा तथा महिलाहरूलाई स्वरोजगार बनाउनका लागि विभिन्न स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
तानसेन नगरको शहरी क्षेत्रमा कृषि र पशुपालन भन्दा पनि सीप मुलक कार्यक्रमबाट स्वरोजगार बनाउन महिलाहरूलाई ब्युटिसियन तालिम,होजियारी तालिम,सिलाई कटाई तालिम,डल कुशन बनाउने तालिम,झिनिया बनाउने तालिम,दुना तथा टपरी बनाउने तालिम,क्षमता अभिवृद्धिका तालिम मार्फत नागरिकहरूलाई स्वरोजगार बनाउन वडा सकृयता साथ अगाडि बढेको बताउनुभयो ।
आगामी दिनमा अझ युवा तथा महिला मैत्री स्वरोजगार कार्यक्रमका माध्यमबाट वडाका बेरोजगार नागरिकलाई स्वरोजगार बनाउने स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरि वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई वडामा बस्ने वातावरण सिर्जना गर्ने गरि कार्यक्रम सञ्चालन गर्ने योजनाका वडा अध्यक्ष श्रेष्ठ लाग्नु भएको छ । वडा कार्यालयका कामलाई पारदर्शी बनाएर असल जनप्रतिनिधिको छवि राख्ने प्रयासमा रहेको बताउँनु हुन्छ , ‘जनतालाई नजिकको सरकारको अनुभूति दिलाउने गरी काम गर्नेछु ।‘सरल, सहज, छिटो छरितो रूपमा सेवा प्रवाह गर्नेछु।’ वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।