भैरब खबर डटकम संवाददाता, आईतवार, २५ बैशाख, २०७९
पाल्पा- सत्तारूढ गठबन्धनले जिल्लाको तानसेन वडा न १४ अर्गलीमा पहिलो चरणको घरदैलो सम्पन्न पश्चात् कोण सभा सम्पन्न भएको छ ।
कोण सभालाई सम्बोधन गर्न पुगेको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवम गठबन्धन दलका संयोजक हिमाल दत्त श्रेष्ठले काङ्ग्रेस कमजोर भएर गठबन्धन गरेको नभइ आवश्यकता एवम लोकतन्त्रको रक्षाको लागि गरेको बताउनुभयो । २०७४ सालमा नेपाली काङ्ग्रेस पाल्पाले ३७ वडा र ४ पालिका जितेको ईतिहास रहेको बताउदै हाल ५ प्रतिशत मत बढ्दा धेरै ठाउमा जित सुनिश्चित गर्न सकिने सम्भावना रहदा हाल सिगो माओवादी,समाजवादी,राष्ट्रिय जनमोर्चा जसपा सँगै गठबन्धनमा रहेकोले आगामी निर्वाचनमा जित सुनिश्चित रहेको बताउनुभयो । केपि ओलीले नेपालको संसदलाई विघटन गरेर संसदलाई भङ्ग गरि लोकतन्त्रको खतरामा पार्न खोजेको बताउदै हाल गठबन्धनको विधि र पद्वतिको विकास भएको बताउनुभयो । ओलीको असंवैधानिक कदमले नेपालको लोकतन्त्र खतरामा पर्ने संकेत देखा परेको परिस्थितिलाई मध्ये नजर गरि गठबन्धनको परिकल्पना भएको बताउदै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भारि मतले विजयी गराउन मतदातालाई आर्गह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य एवम पुर्व सांसद हरि प्रसाद नेपाल,नेकपा माओवादीका जिल्ला अध्यक्ष नेत्र प्रसाद पाण्डे लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा वडा न १४ का वडा अध्यक्ष पदका उम्मेदवार दधिराम न्यौपानेले वडाको शिक्षा,स्वास्थ्य,खानेपानी विधुतिकरण,यातायात,कृषि,युवा स्वरोजगार बनाउने योजनाहरू अगाडि बढाउने बताउनुभयो ।
गठबन्धनले तानसेनको वडा नं। १४ अर्गलीमा घरदैलो गर्दा उमेदवार श्रेष्ठले शिक्षा, स्वास्थ्य,सञ्चालन,काेल्ड स्टाेरकाे निर्माण गरि कृषि उपजकाे व्यवस्थापन गर्ने, खानेपानी,यातायात,विधुत,कृषि ,पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । तानसेन वडा न १४ अर्लीको घरदैलो कार्यक्रममा सहभागी हुदै गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार सन्तोष लाल श्रेष्ठले तानसेनका जनताको हरेक सुख र दुखमा साथ दिने बताउदै यहाँका जनताको मुहारमा खुसी ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।