मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

तानसेनका नव उधमीहरूलाई लेखा व्यवस्थापन तालिम शुभारम्भ

सन्‍तोष गहतराज, आईतवार, १२ भाद्र, २०७९

तानसेनका नव उधमीहरूलाई लेखा व्यवस्थापन तालिम शुभारम्भ

पाल्पा-जिल्लाको तानसेन नगरपालिकाका नव उधमीहरूलाई दुइ दिने लेखा व्यवस्थापन तालिम शुरू भएको छ । तानसेन नगरपालिका र यु एन डि पिको आर्थिक सहयोग तथा रेडा पाल्पाको सहजिकरणमा सञ्चालित र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा मार्फत विभिन्न प्रकारका सीप विकास तालिम प्रदान गरिएको थियो । हाल तालिम मार्फत आफ्नै व्यवसाय सञ्चालन गर्न सफल हुनुभएका  नव उद्यमीहरुलाई इबिक मार्फत २ दिने लेखा व्यवस्थापन तालिम शुभारम्भ सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले उधमशिल महिलाहरूलाई प्रविधि युक्त तालिम प्रदान गर्दा थप व्यवसायीक लेखा जोखा गर्न सहज हुने बताउनुभयो । उधमशिल महिलाहरूले उधम सञ्चालन गरी आफुलाई  स्थापित गराउन,तथा उधमको निरन्तरताका लागि लेखा व्यवस्थापन व्यवस्थित  हुनुपर्ने बताउदै  तालिमले उधमीहरूलाई सहयोग गर्ने बताउनुभयो । वर्तमान समयमा प्रविधिको प्रयोग बढ्दै गएकोले  आगामी दिनमा आधुनिक प्रविधियुक्त लेखा व्यवस्थापनमा जोड दिनु पर्ने बताउनुभयो । 

कार्यक्रममा तानसेन वडा न ६ का वडा अध्यक्ष  सागरमान महर्जनले  शुरूवातमा सीप विकास तालिमबाट शुरू भइ उधमी बन्न सफल हुनुभएकोले हाल लेखा व्यवस्थापन तालिमको सञ्चालन भएको बताउनुभयो । साना उधोगहरूको सञ्चालन गरि आयआर्जनमा जोडिने जुन प्रयास उधमीहरूले गर्नु भएको छ । यसलाई आधार मानि लेखा व्यवस्थापनको माध्यमबाट सफल उधमीको रूपमा अगाडि बढ्न सहभागीहरूलाई आर्गह गर्नु भएको छ । 

कार्यक्रममा इविक कोडिनेटर हिरामणी पराजुलीले तानसेन नगरका उधमीहरूलाई उधमशिल बनाउन  विभिन्न प्रकारका तालिमहरू सञ्चालन गरेको बताउनुभयो । ईविकले व्यवसायीक योजना बनाउन,सीप विकासको लागि तालिमहरू प्रदान गरिएको बताउनुभयो । हाल उक्त तालिमको माध्यमबाट व्यवसाय सञ्चालन गर्न सफल हुनु भएका उधमीहरूलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गान्धर्व,मेड्पा कार्यक्रमका सहजकर्ता  रूस्मा घिमिरे ,सावित्रा सुन्धौली,शोभा भट्टराई लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य रेडाका डिजिटल इन्टरप्राइज डेभलमेन्ट एण्ड डिजिटल एसोसेड  सुशासन सिंह डागीले गर्नु भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif