सन्तोष गहतराज, बिहीबार, १६ असार, २०७९
पाल्पा- जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता शुरू भएकाे छ । प्रतियाेगिताकाे शुभारम्भ एक औपचारिक कार्यक्रमका बिच रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले शुभारम्भ गर्नु भएको हाे । प्रतियाेगिता रैनादेबी छहरा वडा न ५ मुझुङकाे कटौजे पानी खेल मैदानमा रैनादेबी छहरा गाउँपालिकाकाे आयाेजनामा शुभारम्भ भएको छ ।
प्रतियाेगिताकाे शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले स्थानीय स्तरमा आयाेजित कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूकाे उत्पादन स्थानीय स्तरका खेलकुदकाे माध्यमबाट हुने हुदा गाउँपालिकाले खेल र खेलाडीहरूकाे हितका लागि याेजनाका साथ अगाडि बढेको बताउनुभयो । खेलकुदले खेलाडी उत्पादन मात्र नभइ शारीरिक स्वास्थ्यका लागि समेत अपहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले रैनादेबी छहराले खेलकुदलाई नीति तथा कार्यक्रममा समावेश गरि खेल र खेलाडीकाे लागि प्राथमिकताका साथ याेजना अगाडि बढाएकाे बताउनुभयो । साथै खेलाडीहरूले मेहनतका साथ राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा रूपमा पहिचान बनाउन आर्गह गर्नुभयाे ।