मंगलवार, २० मंसिर, २०७९

दर्लमडाँडा र राम्दीलाई पर्यटकीय हव बनाउछौंं : पाण्डेय !

भैरब खबर डटकम संवाददाता, बुधबार, ३० कार्तिक, २०७९

दर्लमडाँडा र राम्दीलाई पर्यटकीय हव बनाउछौंं : पाण्डेय !

पाल्पा – पाल्पाका बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार सोम प्रसाद पाण्डेयले बगनासकालीको दर्लममहाकाली र राम्दीलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताउनुभएको छ । उहाँले दर्लमडाँडाको दर्लममहाकाली मन्दिर, राम्दीको सिद्धगुफा, सुनगुफा लगायतका ऐतिहासिक गुफा र मन्दिरको महत्व काठमाण्डौंको पशुपति नाथसँग जोडिएको भन्दै त्यसै अनुरुपको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय विकासमा लाग्ने बताउनुभएको छ ।

आज खानीछाप, दर्लमडाँडा, भालेवास, गुडुवाखोला, दर्लमडाँडाको दर्लम महाकाली, कोल्डाँडा, गरन्डाँडा लगायतको क्षेत्रमा आयोजित घरदैलो तथा सभामा उहाँले उक्त कुरा बताउनुभएको हो । पाण्डेयले आफूले २०५२ सालमा बनाएको चिलाङ्दी राम्दी सडकको स्तरउन्नती र कालोपत्रे गर्ने काममा ठेकेदारले लापरवाही गरेकोले अर्को ठेकेदार परिवर्तन गरेर भएपनि दुई वर्षभित्र पिच गरेर छाड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफूले पटक पटक बजेट व्यवस्थापन गरेको चिलाङदी–राम्दी सडकको स्तरउन्नती र पिच ठेकेदारको लापरवाहीले हुन नसकेको ठेक्का अर्कोलाई दिने गरी मन्त्रालय र सम्बन्धित क्षेत्रमा आफूले पहल गरिरहेको बताउनुभयो ।

 

दर्लमकालिका मन्दिरलाई राम्दीको सिद्धगुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी काठमाण्डौंको पशुपति र यहाँ जोड्ने काम आफूले नै सुरु गर्ने बताउनुभयो । पूर्व उद्योग मन्त्री समेत रहनुभएका पाण्डेयले कालिगण्डकी करिडोर क्षेत्रलाई व्यवस्थित गरेर कृषि र आयआर्जनमा लगाउने बताउनुभयो । सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत काम गरेको भन्दै अब केही छुटफुट समस्या भएमा एकिकृत योजना बनाएर कार्यान्वय गरिने प्रविद्धता जनाउनुभयो ।

प्रदेश सभा (२) १ का उम्मेद्वार बीरबहादुर रानाले दलर्मडाँडा र खानीछापको विकासमा आफूले सक्दो पहल गरिरहको र अझैपनि आफूले यही क्षेत्रको हावापानीमा हुर्किएको भएर यहाँका जनताको सुख, दुखमा सदैव साथ र सहयोग गर्न तयार गरेको बताउनुभयो । उहाँले आफू सिंचाई मन्त्री भएपछि यस क्षेत्रको सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेकोले अझै केही अपुग भएमा योजना बनाएर ल्याउन र त्यसलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुनिता अधिकारी, युवा नेता कृष्ण प्रसाद बस्याल, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय, माओवादी केन्द्रका नेता खुम बहादुर विक लगायतले गठबन्धनको पक्षमा मत दिन र संविधान माथि भएको हस्तक्षेपको रक्षा गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif