सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

उज्यालो प्रदेशका साथसाथै वास्तविक कृषकको घरघरमा पुग्ने गरि काम गर्छौ;माननिय राना

सन्ताेष गहतराज, बुधबार, १० कार्तिक, २०७८

उज्यालो प्रदेशका साथसाथै वास्तविक कृषकको घरघरमा पुग्ने गरि काम गर्छौ;माननिय राना

पाल्पा-लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री माननीय वीर बहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशको रूपम चिनाउने गरि कार्य गर्ने बताउनु भएको छ । नेपाल तरूण दल पाल्पाको ६८ औ स्थापना दिवसको अवसरमा बोल्दै रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदशको रूपमा चिनाउने बताउनुभयो । रानाले केन्द्रीय प्रशारण विधुतको माध्यम वा बैकल्पिक उर्जाको माध्यमबाट लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने बताउनुभयो । अर्को सन्दर्भमा मन्त्री रानाले कृषि विकासको आधार सिचाइमा सुधार नारालाई आत्म साथ गरि कृषिमा आमुल परिवर्तन गर्नका लागि मन्त्रालय अगाडि बढेको बताउनुभयो । विगतका बर्षहरूमा कृषकहरू मन्त्रालय धाउनुपर्ने परिस्थिति रहेको तर हाल मन्त्रालयले कर्मचारीहरूलाई वास्तविक कृषकहरूमा घरघरमा पुगी वास्तविक कृषकहरूको पहिचान गर्ने कार्य थालनी गरिने मन्त्री रानाले बताउनुभयो । मन्त्री रानाले कृषकहरू मन्त्रालय आउने होइन कर्मचारीहरू वास्तविक कृषकहरूको घरघरमा पुगेर सेवा प्रदान गर्नका लागि कर्मचारीहरूलाई निर्देशन दिएको बताउनुभयो । साथै तरूण दल पाल्पाले स्थापना दिवसको अवसरमा दीर्घरोगीहरूलाई आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिदै कार्यक्रमले विरामीहरूको उपचारमा इटा थप्ने कार्य साथसाथै उर्जा प्रदान गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाटी सचिव झपेन्द्र  गैरे नेपाल तरूणले नेपाली काङ्ग्रेसको मेरुदण्ड रूपमा रहेर कार्य गरेको बताउनुभयो । युवाहरूको जमात रहेको तरूण दलले युवाहरूलाई एकता बद्व गरेको बताउनुभयो । हाल नेपाली काङ्ग्रेसले  ३ वटा उधेश्यले केन्द्रित गरेर अगाडि बढेको बताउनुभयो ।  पाल्पा जिल्लाको संगठन विस्तार गर्ने,विकास निर्माणका कार्यहरूलाई अगाडि बढाउने,मतदाता नामावली संकलनका लागि वडा स्तरबाट मतदाता परिचय पत्र बनाउनका लागि सहयोग गर्ने कार्यलाई अगाडि बढाएको बताउनुभयो । 


कार्यक्रम पाटीका सचिव अजयमान कर्मचार्यले तरूण दलले दीघरोगीहरूलाई सहयोगको कार्यक्रम ल्याएकोमा आफैमा महोत्वपुर्ण कार्यक्रम रहेको बताउदै सहयोगले उपचारमा सहयोग पुग्नुको साथै  रोगसँग लडनका लागि उर्जा र हौसला दिएकोमा धन्यवाद  दिनुभयो । नेपालको वर्तमान परिपेक्षमा निर्वाचनमा युवाहरू एक नहुदा सम्म निर्वाचन आफ्नो पक्षमा पार्न नसकिने हुदा युवाहरू एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।  
कार्यक्रममा  दिर्घरोगीहरू मृगौला पिडित,क्यान्सर पिडित तथा अपांग भएका  व्यक्तिहरूलाई १० हजार १ सयका दरले नगद एवम सम्मान पत्र प्रदान गरिएको थियो ।  
कार्यक्रम तरूण दल पाल्पा सभापति मेजर सिह केसीको अध्यक्षता सम्पन्न भएको थियो । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif