मंगलवार, २० मंसिर, २०७९

यस्तो छ घर्तीको पहलमा पाल्पामा ल्याइएका बजेट योजना

भैरब खबर डटकम संवाददाता, बिहीबार, १ मंसिर, २०७९

यस्तो छ घर्तीको पहलमा पाल्पामा ल्याइएका बजेट योजना

पाल्पा, जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाका विभिन्न वडाहरुमा प्रदेश सभा सदस्य पदका उम्मेदवार तुलाराम घर्ती बसन्तले पचास करोड भन्दा बढीको काम गरेका छन् । उनले पहिलो पटक निर्वाचित भएपछि पाँच वर्षको अवधिमा यस क्षेत्रमा सडक, सिंचाई, यातायात, पूर्वाधार, रोजगारी, स्वास्थ्य, पशुपालन, युवा स्वरोजगार लगायतका क्षेत्रमा प्रदेश सरकारबाट बजेट समेत विनियोजन गरे ।

पाँच वर्षको अवधिमा रिब्दीकोटमा आव २०७५/०७६ मा एक करोड ९५ लाख बरावरको बजेट विनियोजन गरेका घर्तीले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५९ लाख, आव. २०७७/०७८ मा ३ करोड ५३ लाख बराबरको बजेट व्यवस्थापन गरे । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ६० लाख बराबरको बजेट विनियोजन गरे । यस्तै आर्थिक वर्ष २०७९/८० मा एक करोडको बजेट विनियोजन भएको छ ।

यस्तै रैनादेवी छहरामा आव २०७५/०७६ मा एक करोड ५४ लाख बरावरको बजेट विनियोजन गरेका उनले आर्थिक वर्ष २०७६/०७७ मा ७ करोड ७३ लाख, आव. २०७७/०७८ मा २ करोड २१ लाख बराबरको बजेट व्यवस्थापन गरे ।यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ६० लाख बराबरको बजेट विनियोजन गरेका घर्तीले आर्थिक वर्ष २०७९/०८० मा ५० लाखको बजेट विनियोजन गरेका छन् ।

तिनाउ गाउँपालिकामा आव २०७५/०७६ मा ६ करोड २४ लाख बरावरको बजेट विनियोजन गरे । यस्तै उनले आर्थिक वर्ष २०७६/०७७ मा १५ करोड ७७ लाख, आव. २०७७/०७८ मा ३ करोड ३० लाख बराबरको बजेट व्यवस्थापन गरे । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ८० लाख बराबरको बजेट विनियोजन गरेका छन् । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १ करोड ५० लाखको बजेट विनियोजन भएको छ । यसरी समग्र रिव्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाको सडक, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिंचाई, खानेपानी लगायतका क्षेत्रमा स्थानीय जनताको माग र आवश्यकताको आधारमा बजेट विनियोजन गरेको निवर्तमान प्रदेश सभा सदस्य तथा पाल्पा क्षेत्र नं. (२) २ का प्रदेश सभाका उम्मेदवार घर्तीले जानकारी दिए । उनले पाँच वर्षको अवधिमा आफूले गरेको विकासका पहल र संसदमा खेलेको नीति नियम निर्माणलाई आधार मानेर जनताले पुनः मतदान गर्ने र जनताको बाचा र प्रतिवद्धतालाई आत्मसाथ गर्दै आफ्नो क्षेत्रको समग्र विकासमा हातेमालो गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif