शनिबार, १८ असार, २०७९

हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक

भैरब खबर डटकम संवाददाता, बिहीबार, २९ पुष, २०७८

हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक

पाल्‍पा– वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकाे शब्द, सङ्गीत र स्वर रहेकाे नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक भएको छ । 

आज बिहीवार काठमाण्डाैमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वाग्मती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरेका हुन् ।  सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलीबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढङ्गबाट देखाउन खोजिएको छ ।

याे गीतमा गायिका समीक्षा अधिकारीले हरिवंशलाई स्वरमा साथ दिएका छिन् । गीतमा किरण तुलाधरको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको हो ।

आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने सन्देश दिएको बताए ।  

यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif