सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

इञ्जाको फेलोसिप कोरोनासँग लडने महत्त्वपूर्ण आधार बन्यो

भैरब खबर डटकम, आईतवार, १६ फाल्गुन, २०७७

इञ्जाको फेलोसिप कोरोनासँग लडने महत्त्वपूर्ण आधार बन्यो

 रमा पन्थी

 

जब म केही समयको लागि काठमाडौं आए त्यतिबेला  दसै नजिकिदै थियो । काम सकाएर छिटै नै आफ्नो ठाउँमा  जान्छु  भनेर लागेको दिनमा नै  अकस्मात् म  बिरामी परे जीउ पुरै दुख्यो । दुखाइ एति थियो कि ।  कुनै ठुलो एक्सिडेन्टमा परेर शरीरका अङ्ग अङ्ग छुट्टि दैछन । वा कुनै लठ्याउने औसधि बिना ठुलो अप्रेसन गरिदैछ।  त्यो पिडा नयाँ ठाउँ लगाएका कपडा र ओढ्ने गरेको कपडाले कामै नगर्ने जाडो ।  मलाई निकै गारो  भयो। चेक गराउदा  कोरोना भएको रहेछ फर्कीहाल्ने योजनामा मैले आफू सङ भयेको रकम पनि सबै खर्च गरिसके । उफ त्यो दिन आफु निकै  दुखि    भयेको लाग्यो । एकातिर  दुखाइको पिडा । न्युज भरी मृत्यु सङ लडिरहेका कोरोना पीडित को कथा । ओढ्ने लगाउने कपडाको अभाव ।पोस्टिक खाना खानु पर्ने बेलामा एक्लो ठाउमा एक्लै छट्पटीनु पर्ने बाध्यता ।  निकै बेचैनी बनाएको थियो।  म मद्यम बर्ग को भयेको ले आफ्ना दुख सेयर गरेर सहयोग लिनु पनि मन थिएन  । आफन्त भएपनी त्यहा बोलाएर  महामारी रोग सर्ने त्रास मा पारनु पनि मन लागेन । कसैलाई गारो  परिस्थितिमा छु भन्ने खालको  कुनै  जानकारी दिइन । मलाई धेरै माया गर्नेहरु सबैलाई एक एक सम्जिरहे । आफुले माया गर्ने र आफुलाइ माया गर्नेको त सबभन्दा बढि  याद गार्यो परिस्थितिमा आउदो रहेछ ।  फोन गरिरहने आफन्त ,साथीहरू र काउन्सिलर हरुले केहिदिन्मा ठिक हुन्छ भन्दै सान्त्वना दिन्थे ।  त्यही समयमा        नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा० एशिया, च्याप्टरका अध्यक्ष  टन्क पन्त ज्यृ को फोन आयो ू तपाईंलाई पनि फेलोसिप  रु  दस हजार मिलेको छ। तपाई को खातामा आएको छ हेर्नुहोला । ू मेरो बोल्न नसक्ने अवस्थाले धन्यवाद शब्द सानो थियो होला । तर त्यो रकमले मेरो कोरोना सङ लडने साहस मिल्यो । उर्जा मिल्यो। आत्मबल सङै आत्मबिस्वास बढयो ।  त्यसपछि मैले जाडोमा लगाउने कपडा मगाए । टेकुस्थित कोरोना सेन्टर बाट हेल्थ कन्डिसन बारे बुजिरहन्थयो  । बढी भएमा  एम्बुलेन्स  लिएर आउने कुरा हुन्थ्यो । त्यो रकमले केही आट दिलायो ।अक्सिजन लेवल कम भयेछ । एकदिन  राति ज्ञ बजे मलाई सास फेर्न नसक्ने गरि गारो  भयो । टेकुमा धेरै पटक  फोन लगाए। एक्ले अर्कोतर्फ फोन गर्न भन्दै पटक पटक  नम्बर दिइरहे । त्यतैकैमा भुइँमा लडे अर्कोदिन  आफै ब्युजिए । मोबाईल फुटेको थियोे । कोरोना पीडित को कोठामै आएर हेर्ने को हुन्थ्यो र रु त्यै पनि पछिल्लो दिनमा  धेरै सहयोग पाए । आधार त्यही फेलोसिप भएपनी एक महिना सम्म  त्यस बाट केहि खर्च भएन।  भौतिक रूपमा एक्लै भए पनि माया र सहयोग गर्ने र आत्मबल बडाउने हरुको कमि भने थिएन ।  एक महिना सम्म छाती दुख्न छाडेन । चेक गराउन गए । ब्लड 
चेक गरायेको मात्र लगभग आठ हजार सबै गर्दा १८र२० हजार ।  मलाई छाति दुखेकोले एक्सरे, इसिजि गराए । रिपोर्ट राम्रै थियो । अरु आबस्यक लागेन। एकातिर ूअस्पतालको शुल्क उठाउने धन्दाू न्युज  दिमागमा थिए भने अर्कोतिर  कम पैसा । महङ्गो कोरोनाले धेरै खर्च गरायो । दसैं तिहार जस्ता महान चाड भयावह रोग सङ लड्दैमा बित्यो । त्यो इञ्जा  बाट मिलेको पैसा केही खर्च भएन ।  तर आत्म बिश्वास बडाउने र साहस दिने भने त्यही सहयोग भयो । ूइञ्जा डेू को अबसर मा इञ्जा र त्यहा कार्यरत सम्पुर्ण टिमहरुलाइ स्मरण गर्न चाहन्छु । सहयोग सानो होस वा ठुलो आबस्यक पर्दा र कठिन अबस्थामा गरिएको छ भने पक्कै पनि त्यो नैकै ठुलो हुन्छ । जीवन्त हुन्छ । माया गर्ने आफन्त हरुबाट टाढा हुँदा र भिड हरुमा एक्लै हुँदा को साहारा भनेको सहयोग  र हौसला हो ।  इञ्जा श्रमजिवि  पत्रकारहरुको आधार हो बिश्वास हो, उत्प्रेरणा हो ।  हौसला हो । काम गर्नेहरुको लागी जोस हो । जागरको आधार शिला हो । इञ्जाले हरेक वर्ष मार्च १ लाई आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको छ ।   

 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif