मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

"देशमा दीगो शान्ति आउनेछ "

भैरब खबर डटकम, आईतवार, १६ जेष्ठ, २०७८

"देशमा दीगो शान्ति आउनेछ "

"देशमा दीगो शान्ति आउनेछ " हामी नेपाली हौ । हामीले हाम्रो देश नेपाल सुन्दर शान्त र स्वाभिमान बनाउन चाहान्छौ । हाम्रो देश स्वाभिमान, सुन्दर र शान्त छ । भनि विश्वमा चिनाउन चाहान्छौ । तर मुखले शान्ति-शान्ति जपेर, परेवा उडाएर शान्तिदीप बालेर के‌ हामीले वास्तविकता शान्ति ल्याउन सकिएला ? अँह! यसरी वास्तविकमा शान्ति आउदैन । मुद्रा शान्तिले दिगाे शान्ति हुन सक्दैन । जबसम्म समाजमा उत्पीडन , शोषण , अन्याय , अत्याचार , दमन एवं विभेद रहन्छ, तबसम्म संघर्ष चलिरहन्छ । यो धु्व सत्य कुरा हो । इतिहास साँची छ ।

नेपाली जनता पटकपटक संघर्ष र आन्दोलनमा उत्रेका छन् । २००७ साल , १०३६ साल , २०४६ साल र १०५९ साल देखि शुरू भएको महान् जनयुद्ध २०६२ / २०६३ को २९ दिने जनआन्दोलनले यी सबै ठुला साना संघर्ष र आन्दोलनको समिक्षा गर्दा नेपालमा सुधार बाहेक आमुल परिवर्तन हुन सकेको छैन । हरेक पटकका संघर्ष र आन्दोलनमा नेताहरु सन्धि सम्झौतामा चुकेका छन् । राष्ट्रिय आत्मसमर्पण गरि नेपाली उत्पीडित वर्ग समुदायलाई धोका दिदै आएका छन् ।

प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्रको नारा जपेर नथाक्ने नेताहरु विदेशीद्वारा निर्देशित र परिचालित हुन छाडेका छैनन् । यस्तो तरिकाले के हामीले देशमा दीगो शान्तिको कल्पना गर्न सक्छौ? हो यदि वास्तविकमा दीगो शान्ति ल्याउन चाहने हो भने यो देशका नेताहरु , राज्यका शोषकहरू राष्ट्रियको हितमा , नेपाली जनताको निर्देेेेशनमा , नेपाली जनताको पक्षमा चल्न सक्नुपर्छ । आफ्नो राष्ट्रियको माटोमा उभिएर म नेपाली हुँ । मेरो देश नेपाल हो , नेपाल रहे म रहन्छु र नेपालै नरहे म रहन सक्दीन भन्ने कुरा आत्मामा राखेर आफ्नो देश र जनताको बारेमा भविष्य कोर्न सक्नुपर्छ । सयौं थुँगा फूल बनेर फुलेका नेपालीहरुलाई ऐउटै मालामा गाँस्न सक्नुपर्छ ।

मेचिदेखि माहाकाली सम्म फैलिएका नेपालीलाई राज्यमा सहभागिता र प्रतिनिधित्व गराई समान अधिकार र अवसर दिन सक्नुपर्दछ । मान्छेले मान्छेलाई गर्ने अन्याय , अत्याचार , विभेद र उत्पीडनको अन्त्य गर्न सक्नुपर्छ । तब यो देशमा भएका सबै जाति , लिङ्ग , समुदायको भविष्यमा सुन्दर बाटो देखिनेछ । संघर्ष , आन्दोलन र अशान्तिको अन्त्य भई देशमा अब युद्ध हुने छैन् । हाम्रा आफन्त मारिने छैनन् , बेपत्ता हुनेछैनन् , घाईते अपाङ्ग हुनेछैनन् र सबै जनता शान्तिपूर्ण जिवन जिउने छन् अनिमात्र दिगो शान्ति देशमा आउने छ ।

 नेपाल एक सघिय लाेकतान्त्रिक गणतन्त्र मुलुककाे हाे । नेपालमा लामाे समय देखि जनताले पटकपटक पटक सर्घष गरि ल्याएकाे गणतन्त्र अहिले नेताहरूकाे कारणले नै जाेखिम पर्न थालेको छ । जब सम्म लाेकतान्त्रिक गणतन्त्रकाे संरक्षण हुन सक्दैन तब सम्म हजाराै नेपाली जनताले ज्यान गुमाएको अर्थ हुदैन । त्यसैले राष्ट्र निर्माणमा लागेका राष्ट्रिय नायकहरूले संघिय लाेकतान्त्रिक गणतन्त्रकाे अवधारणालाई अवलम्बन गरि नेपाली जनतालाई गरिबी निवारण र मार्फत समुद्व नेपाल सुखि नेपाली अभियानलाई सार्थक बनाई अगाडि बढेम देशमा दिगाे शान्ती आउने छ ।

मधु भट्टराई

मिलिनियम सकेण्डरी स्कुल कानुनी संकाय

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif