मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

तिनाउको कचलमा हेल्थपोष्ट भवन उद्घघाटन

सन्ताेष गहतराज, मंगलवार, ७ मंसिर, २०७८

तिनाउको कचलमा हेल्थपोष्ट भवन उद्घघाटन

पाल्पा-जिल्लाको तिनाउ गाउँपालिका वडा न १ कचलमा निर्माण सम्पन्न भएको हेल्थपोष्ट भवनको उद्घघाटन तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले एक समारोहबिच गर्नुभएको छ । भवन उद्घघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकृय अधिकृत सुन्दर श्रेष्ठ,गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ,स्वास्थ्य शाखाका ईन्चार्ज कृष्ण कार्की,शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ भैरहवाका ईन्जिनियर ध्रुब  पौडेल,लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भवन निर्माण विभागका इन्जिनियर ध्रुब पौडेलले कचल हेल्थपोष्टको व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष रोम बहादुर लम्तरीलाई चावी र प्रमाणपत्र सहित भवनको हस्तान्तरण गर्नभएको थियो । वडा अध्यक्ष रोम बहादुर लम्तरीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा हेल्थपोष्ट ईन्चार्ज नर प्रसाद थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन युवा बर्ष माध्यमिक विद्यालयका प्रअ प्रेम खत्रीले गर्नुभएको थियो । संघिय सरकारको १ करोड २५ लाख लागतमा निर्माण भएको भवनमा १२ कोठा सहित व्यवस्थित भवन निर्माण भएको छ । 

 

तिनाउ गाउँपालिका भित्र ४ वटा मात्र स्वास्थ्य चौकी रहेकोमा थप १० ओटा स्वास्थ्य ईकाइ थप गरि १४ वटा स्वास्थ्य सस्था रहेको ,१ वटा आयुवेर्दिक अस्पतालको शाखा  स्थापना गरिएको साथै लायन्स लाकौल आखा अस्पतालसँग साझेदारी गरि आखा अस्पतालको शाखा पनि स्थापना गरिएको,स्वास्थ्य चौकी र स्वास्थ्य ईकाइका भवनहरू पनि गाउँपालिकाले निर्माण गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो । 

 

 

गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत सुन्दर श्रेष्ठले गाउँपालिकाले कचलमा हेल्थपोष्ट शुभारम्भ गरे पश्चात् नागरिकहरूलाई स्वास्थ्य सम्बन्धि सेवाहरू लिनको लागि सहज हुने बताउनुभयो ।  

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif