ज्ञानेश्वर साहनी, बुधबार, १५ असार, २०७९
नवलपरासी- रॉयल क्राउन इवेंट्स एंड क्रिएशनले शनिबार एक विज्ञप्ती जारी गर्दै मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२' को ग्रैंड फाइनल कार्यक्रम असार २१ मा गर्न लागेको हो ।
मिस्टर एण्ड मिस टिन नवलपरासी प्रतियोगितामा टप १० फाइनलिस्टमा रिंकी आग्रहरी,शुभम गुप्ता,आइशा सिंह, संतोष कुमार बनिया,सामना चौधरी,अमित यादव,सोर्णिमा चौधरी,बीरेंद्र यादव,संजना चौहान,अविनाश गौडले अन्तिम चरण सम्म पुगेका छन् । मिस्टर एण्ड मिस टिन नवलपरासी-२०२२' का लागि ग्रैंड फाइनल यहि असार २१ गते मगलवार साझ ०५ बजे देखि परासी स्थित उद्योग वाणिज्य महाङ्घकाको सभाहलमा हुने भएको छ ।
आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन मिस्टर एण्ड मिस टिज परफेक्ट नवलपरासी-२०२२ एउटा सुनौलो अवसर रहेकोले यस कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका प्रमूख कार्यकारी निर्देशक नारायण प्रताप चाैहानले वताए ।