भैरब खबर डटकम, मंगलवार, ११ फाल्गुन, २०७७
हरि रूचाल
प्रत्येक मनुष्यको मनमा ज्ञान प्राप्त गर्ने चाहना हुन्छ। विज्ञानको विाकस र भौतिक उन्नतिको कारण समस्त विश्व कुटुम्ब बनेका छ। मनुष्यको जिवनमा ज्ञानशिक्षा प्रति को चाहना दिन प्रतिदिन बढ्दै गएको छ। संसारको कुनै पनि कुनामा बसेर पनि मानिसहरूले संसारको सबै कुराको जानकारी राख्न अति आवश्यक भइसकेको छ। आज समाचारमूलक तथा सुचनामुलक पत्रपत्रिका अनलाइन पत्रपत्रिका पढ्नु हामी सबैको दिनचर्या बनेको छ। यो क्रम दिन प्रतिदिन अझ बढ्दै गएको छ। हामी नयाँ समाचार पत्रपत्रिका अनलाइन मार्फत पढ्ने गरेका छौ। मानिसले विभिन्न माध्यमबाट नयाँ नयाँ समाचार बारेमा आफूलाई अवगत गराउने गर्छ। संसारको स्थितिको ज्ञान मनुष्यहरूले लिन चाहेका हुन्छन्। विश्वका विभिन्न देशमा आ के भइरहेको छ? समाचारले मानिसहरूको कुनै पनि जिज्ञासालाई शान्त गराउन मद्वत गरेको हुन्छ। समाचार पत्र अनलाइन समाचार पोर्टल ले जसरी यसको नामबाट विदित हुन्छ, समाचारहरूको रूप हुन्छ।यी सबै संसारको समाचारको स्रोत बनेको हुन्छ। हामीहरू आफ्नो घरमा बसी-बसी कहाँ के भईरहेको छ? कस्तो घटनाहरू, स्थानहरू, गाउँ, शहर नगरहरूको समाचार हामी घरै बसी बसी पढ्न पाएका छौ।
अनलाइन पत्रिका प्रचारका मुख्य साधन पनि बनेको छ। यसबाट विभिन्न फरक फरक विचारधारा राख्ने लेखकहरूको लेख समेत प्रकाशित हुने गर्छ। सम्पादकीय विभिन्न राजनीतिक दलहरूको र हरेक खालका विचारधारा टिका टिप्पणीहरूको समेत आलोचना हुन्छ। जनतालाई राजनैतिक विचारधाराहरूको जानकारी समेत हुन्छ। सरकार र विरोधी दलहरूको बिषयमा आफ्नै दृष्टिकोण निश्चित गर्ने गर्छ। अनलाइन पत्रपत्रिका तथा पत्रिका द्वारा जनमतको विशेष दलको अनुकूल अथवा प्रतिकूल बनाएमा धेरै सहायता मिल्छ। विशेषगरि अनेक कथा, निबन्ध, महापुरूषहरूको जीवनी तथा नाटक प्रकाशित हुन्छ। जसबाट साहित्यको उन्नति तथा विस्तारमा थप सहायता हुन्छ।
प्रकाशित मनोरंजनका सामग्रीहरू अझ बढी पढ्न प्रोत्साहित हुने गरेका छौ, हामीहरू। कविता, निबन्ध, साहित्यक प्रतिभाहरूका रचनाहरू धेरै उत्साहित मानी मानी पढने गरेका छौ। व्यापार व्यवसायमा पनि पत्रपत्रिकामा उति नै सहभागिता हुन्छ, जति अरू क्षेत्रमा भइरहेको छ। अनलाइन पत्रपत्रिका तथा पत्रिका मा अनेक वस्तुहरूको विज्ञापन प्रकाशन हुन्छ जसबाट व्यापार व्यवसाय हुन्छ जसबाट व्यापार व्यवसाय प्रचार प्रसार हुन्छ र व्यापारमा सम्बन्धित वस्तुहरूको माग बढ्दै जान्छ। यसको अतिरिक्त विशेष वस्तुहरूको विभिन्न बजारहरूको मूल्य भाउ पत्रिका प्रकाशित हुन्छ। यसमा व्यापारीहरूको बिक्री वितरणको लागि राखिएको वस्तुहरूको क्रयविक्रय मूल्य विवरण प्राप्त गर्न सहायता मिल्छ र आवयकता अनुसर बजारको मग सँगै आयात-निर्यात गर्न सक्छन्। विभिन्न सरकारी निकाय तथा स्वयं केन्द्र सरकारको राम्रो पक्ष नराम्रो पक्ष, शासन व्यवस्थाका कमी कमजोरीहरू तथा जनताहरूको आधारभूत आवश्यकता के कस्ता छन। यी बिषयबस्तुलाई पछिल्लो समय मा प्राथमिकता साथ प्रकाशित गर्ने गरेका छन। सरकारको सकारात्मक पक्ष वा नकारात्मक पक्षलाई जनतासामु ल्याई दिँदा सरकारी निकायलाइ्र शासन पद्वति सुधार गर्न दवाब पर्छ र जनताले सीज रूपमा सेवा पाउँछन। यसरी सही गलतको विश्लेषणसहित सत्य तथ्य सुचना दिँदा विभिन्न विचारधाराहरू र जनता को आवश्यकतालाई ध्यान दिनुपर्दछ। कुनै पनि खालका आलोचनाको भयबाट सरकारले शासन व्यवस्थामा सुधार गर्छ, नीतिमा संशोधन गरेर जनताको माग पूरा गर्न प्रयास गरेको हुन्छ।
समाचारकै माध्यमबाट आज संसार चलेको छ। जनताले सूचना पाउन भनेर सरकारले अनलाइन पत्रपत्रिका तथा पत्रिकालाई ठूलो लगानी पनि गरेको छ। जस अनुसार पत्रपत्रिकाहरूले जनतालाई सूचना दिन सक्रियताको साथ लागेका पनि छन। आ-आफ्नो देशको राजनैतिक, सांस्कृतिक र सामाजिक परिवेश आफ्नै खालको हुन्छ। यी सबै परिवेशको अध्ययन गरी सुहाउँदो सूचना र जानकारी दिन पत्रपत्रिकाहरू अगाडी बढ्ने गरेका छन। पत्रपत्रिकाहरू अगाडी बढ्ने गरेका छन। पत्रपत्रिकाहरू आज कुन खालको सन्दर्भ राख्दा उपयुक्त हुन्छ ? समय अनुसारको लेख-रचना, सम्पादकीय, समाचार, जीवनी, अन्तरवार्ता, मनोरंजनात्मक सामग्रीहरू राखी पाठकहरू माझ प्रकाशित गरी घर-घरमा पुयाई सूचना दिने गरेका छन।
अनलाइन पत्रपत्रिका द्वारा हामी जान्न सक्छौ कि कुन देशको सभ्यता र संस्कृति कुन स्तर सम्म पुग्दै छ। प्रत्येक देशको राजनैतिक, सांस्कृतिक र सामाजिक स्थितिको जानकारीले हाम्रो युग आज विकसित हुँदै गएको छ। हजारौं वर्षसम्म पत्रपत्रिकाले नै समाज रूपान्तरण गर्न अहम भूमिका निर्वाह गर्ने पनि छ। तब मात्र विश्व मैत्रीको भावनाको कदर हुन म गर्ने छ। यसै प्रकार पत्रपत्रिका विविध विषयका ज्ञानको साधन र शब्द भण्डारको खानी हो। अहिलेको शासन, व्यापार तथा विश्व मैत्रीको विकास र उत्तम नागरिक बनाउने सहायक हो- अनलाइन पत्रपत्रिका। संचालक, सम्पादक, पत्रकारहरूको स्वार्थ भावनाबाट माथि रहेर आफ्नो उत्तरदायित्व ठीक सम्झेर आफ्नो कर्तव्यको पालना गरेर ती समाचार पत्रपत्रिका द्वारा व्यक्ति, समाज, राष्ट्र एवं विश्वको महान उपकार अवश्य पनि हुनेछ।