मंगलवार, २० मंसिर, २०७९

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खाधान्न वितरण एवम शुभकामना आदान प्रदान

सन्‍तोष गहतराज, शनिबार, १५ आश्विन, २०७९

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खाधान्न वितरण एवम शुभकामना आदान प्रदान

पाल्पा-मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खाधान्न वितरण एवम शुभकामना आदान प्रदान कार्यक्रम निल सागर जेष्ठ नागरिक आश्रम सम्पन्न गरेको छ । असाय घरवारविहीन नागरिकहरूलाई आश्रय प्रदान गर्दै आएको सस्था निलसागर असहाय ,अशक्त तथा जेष्ठ  नागरिक सेवा आश्रमलाई खाद्यान्न सामग्री वितरण एवम् विजया दशमी,दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको हो । 

कार्यक्रमका प्रमुख वक्ता शान्ती समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर रावलले केन्द्रीय कार्यक्रम अनुसार शान्ति समाजले देश व्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय जेष्ठ  नागरिक  दिवस मनाएको बताउनुभयो । मानवअधिकार तथा शान्ति समाजले  ४ वटा आधार स्तम्भलाई केन्द्रित गरेर अगाडि बढेको बताउनुभयो ।  मानवअधिकार,शान्ति ,लोकतन्त्र र अहिसाको मुल मन्त्रलाई अङ्गिकार गर्दै सामाजिक कार्यमा अगाडि बढेको बताउनुभयो । मानवले गाँस,वाँस र कपासको साथसाथै ३१ ओटा मौलिक हक  अधिकार स्वतन्त्र रूपमा  उपभोग गर्न पाउनु पर्ने नैसर्गिक अधिकार रहेको बताउनुभयो । सोही अनुसार शान्ति समाजले सत्यको पक्षमा,परिवर्तन पक्षमा र न्यायको पक्षमा आवाज बुलन्द गर्दै आएको बताउनुभयो । संविधानले नैसर्गिक अधिकार सुनिश्चितता गर्नु पर्छ, सोही अनुरूपमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा देश व्यापी रूपमा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै सिम्बोलिक रूपमा विविध कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य राम प्रसाद भट्टराई,निल सागर सेवा आश्रमका संयोजक देब प्रसाद बज्राचार्यले सस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा शान्ति समाजका  पुर्व अध्यक्ष जगन्नाथ अर्यालले वि स २०५३ सालमा केन्द्रमा स्थापना भएको सस्था,पाल्पा जिल्लामा वि स २०५६ सालमा स्थापना भएको बताउनुभयो । सस्थाले स्थापना देखि मानवअधिकारका बारेमा आवाज उठाउदै सचेत गर्नुपर्ने बर्गलाई खबरदारी गर्दै आएको बताउनुभयो । सस्थाले मानवअधिकारको क्षेत्रमा मात्र नभइ सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत कार्य गर्दै आएको बताउनुभयो । 

आज असोज १५ गते अर्थात (2022 October-1)  "अन्तर्राष्ट्रिय जेष्ठ  नागरिक  दिवस" रहेको छ । सस्थाले दिवसको अवसरमा आश्रममा पुगी अति आवश्यक सामाग्रीहरू  हस्तान्तरण गरेको हो । कार्यक्रम   संस्थाका उपसभापति विष्णु बरालको सभापतित्वमा र सस्थाकी सचिव सुशीला रेग्मीको सञ्चालनमा  सम्पन्न भएको हो । 

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खाधान्न वितरण एवम शुभकामना आदान प्रदान

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif