सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

अण्डा र मासुमा आत्मनिर्भरताकाे लागि अर्गेलीका कृषकलाई कुखुरा वितरण

सन्‍तोष गहतराज, सोमबार, १३ मंसिर, २०७८

अण्डा र मासुमा आत्मनिर्भरताकाे लागि अर्गेलीका कृषकलाई कुखुरा  वितरण

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका,संयुक्त राष्ट्र सघिय विकास कार्यक्रमकाे आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ रेडाकाे सहकार्यमा आयाेजित तानसेन नगरपालिका वडा न १४ अर्गेलीका कृषकहरूलाई लाेकल कुखुराका चल्ला एवम उपकरणहरू प्रदान गरिएको छ । तानसेन नगरपालिकाले अर्गेलीलाई मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागि कुखुराकाे चल्ला वितरण गरेको हाे ।

कृषकहरूकाे मागकाे आधारमा कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरि अर्गेलीलाई मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागि १० जना कृषकहरूलाई २ सयका दरले २ हजार वटा लाेकल कुखुरा प्रदान गरिएकाे प्राविधिक विरेन क्षेत्रीले बताउनुभयो । अर्गेलीका कृषकहरूकाे मागकाे आधारमा कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरि मासु आत्मनिर्भरताका लागि कुखुराकाे चल्ला,भिटामिन,दाना,लगाएत कुखुराका लागि आवश्यक उपकरणहरू हस्तान्तरण गरिएको हाे । कुखुरा पकेट क्षेत्र विकासका लागि करिब २ लाख बजेटबाट कृषकहरूलाई लाेकल कुखुरा एवम उपकरण हस्तान्तरण गरिएको प्राविधिक क्षेत्रीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा न १४ अर्गेलीका वडा अध्यक्ष कमल रानाले अर्गेलीलाई अण्डा र मासुमा आत्मनिर्भरताका लागि लाेकल कुखुरा वितरणले सहयोग पुर्याउने बताउनुभयो ।

तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ रेडाकाे सहकार्यमा अर्गेलीलाई आलु पकेट क्षेत्र विकास गर्न बीउ आलु वितरण,मासुमा आत्मनिर्भरताका लागि बंगुर पालनका लागि पाठापाठी वितरण,बाख्रा वितरण,तरकारीका बीउ विजन वितरण एवम तालिम प्रदान गरिएको र कृषकहरू उत्साहित रहेको बताउनुभयो । लाेकल कुखरा वितरण कार्यक्रमले कृषकहरूले अण्डा र मासु विक्री गरि आय आर्जनमा वृद्धि गर्न सक्ने बताउनुभयो । लाेकल कुखराकाे मुल्य पनि उच्चतम हुने,पालन गर्न सहज हुने भएकोले कृषकहरूले व्यवसायीक रूपमा पालन गरेको सन्दर्भमा आयआर्जनमा वृद्धि गरि व्यवसायीक हुन सक्ने भएकोले कुखुराकाे व्यवसायीक रूपमा पालन गरि आय आर्जनकाे कार्यमा जाेडिन आग्रह गर्नुभयाे ।

कार्यक्रममा तानसेन वडा सदस्य सीता ज्ञवालीले लाेकल कुखुरा पालनले कृषकहरूलाई व्यवसायीक बनाउन सहयोग पुर्याउने बताउनुभयो । तानसेन नगरपालिकाले कृषकहरूलाई व्यवसायीक कृषिमा जाेडि आय आर्जनकाे माध्यमबाट कृषकहरूलाई आत्मनिर्भर बनाउन विभिन्न स्वराेजगार मुलक कार्यक्रम सञ्चालन गरेकोले कृषकहरू मेहनत गरि आत्मनिर्भरता तर्फ जाेडिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका इविक काेडिनेटर हिरामणी पराजुलीले अर्गेलीमा लाेकल कुखुरा पालन सम्भाव्यता रहेकाेले कृषककाे मागकाे आधारमा कुखुरा वितरण गरेको बताउनुभयो । लाेकल कुखुरा पालनबाट मासु र अण्डा उत्पादन गरि दाेहाेराे फाइदा लिन सक्ने हुदा मेहनतका साथ कृषि कर्म गरि व्यवसायीक कुखुरा पालनमा लाग्न आग्रह गर्नुभयाे ।

तानसेन नगरपालिकाले कृषकहरूलाई व्यवसायीक कृषिमा आकर्षित गर्नका लागि बाख्रा वितरण,तरकारी पकेट क्षेत्र कार्यक्रम,बगुर पालन पकेट क्षेत्र,आलु पकेट क्षेत्र जस्ता व्यवसायीक स्वराेजगार मुलक कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif