सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

अर्गली बहुमुखी क्याम्पस पाल्पाको १५ औ वार्षिकोत्सब समारोह

चुरामणी तिमिल्सिना, सोमबार, १३ मंसिर, २०७८

अर्गली   बहुमुखी  क्याम्पस  पाल्पाको  १५ औ वार्षिकोत्सब  समारोह

पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न १४ स्थित अर्गली   बहुमुखी  क्याम्पस  अर्गली पाल्पाको  १५ औ वार्षिकोत्सब समारोह    सम्पन्न भएको  छ । 

क्याम्पस सन्चालक समितिका अध्यक्ष पदम  प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिकाकी  उपप्रमुख  लक्ष्मी  देबी  पाठक  प्रमुख  अथिती   रहनु भएको  थियो  ।  कार्यक्रममा  वडा न १४ का वडा अध्यक्ष कमल  राना ,नेकपा एमालेका  सोभाखर भट्टराई ,नेपाली काङ्ग्रेसका वडा सभापति दधिराम  न्यौपाने,माओवादी केन्द्रका वडा अध्यक्ष लक्षमण भट्टराई , वडा सदस्य बिष्णु  रेग्मी  र  रमेश न्यौपाने रहनु भएको थियो । 

क्याम्पस सन्चालक समितिका  उपाध्यक्ष   कमल कृष्ण  गैरेको स्वागत मन्तव्यबाट शरु भएको  कार्यक्रममा डा।नेत्र न्यौपाने , श्रीधर प्रसाद भट्टराई,दुर्गा दत्त रेग्मी सस्थापक  अध्यक्ष  , पर्सुराम भट्टराई , भानु भक्त  पाण्डे ,  कृष्ण  प्रसाद भट्टराई,बिष्णु  गैरे,सुरक्षा  निकाय  सस्थापकहरु, सन्चालक समितिका पद्वाधिकारीहरु लगायतको आथित्यता  रहेको थियो ।   कार्यक्रममा क्याम्पस  प्रमुख  लक्ष्मण रेग्मीले   ४ ० लाख  बरावरको  आय ब्याय  विवरण प्रस्तुत  गर्नु भएको  थियो । कार्यक्रममा   प्रमुख  अथिती  उपप्रमुख   पाठकले  समग्र  रुपमा शिक्षाको गुणस्तरमा वृद्धि गर्न  अभिभावाक  अध्यापकहरु र बिद्यार्थीहरुमा   तीन पक्षिय सम्बन्ध  भएको  खन्डमा   शिक्षाको  गुणस्तरमा कमि नहुने बताउनुभयो ।  बिद्यार्थीको माग भएमा  प्राबिधिक  धार तर्फको शिक्षा  सन्चालन गर्न  सिङ्गो  नगरपालिकाले  सहयोग  गर्ने  बताउनु भयो  । कार्यक्रममा क्याम्पसमा  योगदान पुर्याउने दाताहरुलाई  सम्मान  गरिएको  थियो ।   यस्तै क्याम्पसका   प्रमुख  नारायण  न्यौपानेलाई    बिधाइ समेत  गरिएको  थियो  ।  कार्यक्रमको सन्चालन   ठानेस्वर गैरेले गर्नु भएको  थियोे । 

अर्गली   बहुमुखी  क्याम्पस  पाल्पाको  १५ औ वार्षिकोत्सब  समारोह

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif