शनिबार, १८ असार, २०७९

जातिय विभेद अन्त्यको घोषणा गर्ने एक मात्र वडा

भैरब खबर डटकम संवाददाता, मंगलवार, १० जेष्ठ, २०७९

जातिय विभेद अन्त्यको घोषणा गर्ने एक मात्र वडा

प्रेम सुनार

गुल्मी, जेठ–१० । स्थानीय तहको पहिलो निर्वाचनमा भन्दा यसपालीको दोश्रो निर्वाचनमा पालिका प्रम्ुख विजयी भई  पदभार ग्रहण गर्दा पहिलो निर्णयका रुपमा अरु भन्दा पृथक र लोकप्रिय कार्यक्रमहरु  घोषणा गर्ने ठ्ुलो होडबाजी चलेको पाईयो । 
   कसैले न्युनतम विद्युत महसुल पालिकाले  ब्यहोर्ने,  कसैले विपन्न परिवारलाई स्वाथ्य बीमा गरे बापत लाग्ने शुल्कको  ५० प्रतिशत  रकम पालिकाले अनुदान दिने  , कसैले  प्रशुती सेवा लिने महिलालाई निःशुल्क एम्वुलेन्स सेवा दिने  लगायत विभिन्न  निर्णयहरु घोषणा गरे ।  तर हाम्रो समाजमा सदियौं देखि पछाडी परेको  अर्थात  जातिय र लेङ्गिक  विभेदमा परेका जनताहरुले अपेक्षा गरेको निर्णय गर्ने हिम्मत भने अधिकांस पालिका प्रमुखहरुले हाल सम् मगर्न नसकेको पाईयो ।  
   यहाँ सम्मकी सबै खोले विभेद अन्त्य गर्ने र पछाडी परेको समुदायलाई माथी उठाउने उद्घोष गरेर जनयुद्ध गरेको माओवादी र हाल नेकपा माओवादी केन्द्रबाट  निर्वाचित  पालिका प्रमुखहरुले समेत त्यो वर्ग समुदायले  गर्व गर्ने  निर्णयहरु गर्न सकेको देखिदैन । 
  तर गुल्मीको हकमा एक जना वडाध्यक्षले मात्रै त्यस्तो निर्णय गर्ने हिम्मत गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर– ३  ठुलोल्ुम्पेकका वडाध्यक्ष जितु त्रामु मगर ( जितबहादुर ) ले यस्तो हिम्मत गरेकी उनले आफ्नो वडालाई दुई बर्ष भित्र छुवाछुत तथा जातिय विभेद र लैङ्गिक विभेद अन्त्य गर्ने  घोषणा गरे । 
   उनले भने–‘ अझै पनि हाम्रो समाज छुवाछत तथा जातिय विभेद र लैङ्गिक विभेदका कारण आक्रान्त छ , यसर्थ म मेरो वडालाई सबै पक्षको सहयोग  र साथ लिई आगामी दुई बर्ष भित्र जातिय र लैङ्गिक विभदे अन्त्य  गर्ने घोषणा गरेको छु र ब्यबहारतः लागु गर्न पहल गर्नेछु  । ’ 
 जातिय विभेदका कारण कैयौं अन्तरजानिय विवाह सम्वन्धमा सामाजले तगारो हालेको, विभिन्न कोणबाट अमाननिय ब्यबहार गरेको र महिलाहरु थप पीडित भएको घटना स्मरण गर्दै वडाध्यक्ष तरामुले समाज रुपान्तरणका लागि सजिला भन्दा पनि चुनौतीपुर्ण  निर्णयहरु  गर्न र कार्यन्वयनमा ल्याउन प्रयास थालिनु पर्नेमा जोड दिए । 
   उनले आफ्नो उक्त घोषणालाई गाउँपालिकाले पनि साथ दिने अपेक्षा राखेको बताए । उनि माओवादी केन्द्र गुल्मी जिल्ला समन्व्य समिति सदस्य तथा नेपाल मगर संघ , लुम्बिनी प्रदेश समिति सचिव हुन् ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif