सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

काङ्ग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ निर्वाचित

भैरव संवाददाता, शनिबार, ११ मंसिर, २०७८

काङ्ग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ निर्वाचित

पाल्पा – नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा अत्याधिक मतसहित हिमालदत्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । सभापतिका अर्का दाबेदार कृष्ण बस्याललाई पराजित गर्दै श्रेष्ठ अत्याधिक मतसहित विजयी हुनुभएको हो ।

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि विभिन्न पदमा शुक्रबार निर्वाचत भएको थियो । कुल १ हजार ३ सय १३ मत खसेकोमा श्रेष्ठ ८ सय ९० मतसहित विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी बस्यालले ३ सय ८१ मत ल्याउनुभएको छ ।

यस्तै कांग्रेसको उपसभापतिमा झपेन्द्र गहिरे र ज्ञानबहादुर गाहा निर्वाचित हुनुभएको छ । गहिरेले ७ सय ५४ र गाहाले ७ सय ७३ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो । दुई जना उपसभापतिका लागि चार जनाको प्रतिष्पर्धा भएको थियो । उपसभापतिका अन्य उम्मेदवार शंकर खनालले ३ सय ६४ र माधव नेपालले ५ सय ४३ मत पाउनुभएको थियो ।

यस्तै सचिवमा सुनिता अधिकारी ७ सय ८५ मतसहित विजयी हुनुभएको छ । अर्काे सचिव पदमा ८ सय ७ मतसहित सन्तोष थापा निर्वाचित हुनुभएको छ । सचिव पदका अन्य उम्मेदवार हुमनाथ न्यौपानेले ३ सय ८२, खुमप्रसाद पोखरेलले ३ सय १३ मत पाउनुभएको थियो । यस्तै सहसचिव पदमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित हुनुभएको छ । थापाले ७ सय ४३ र मियाले ६ सय ४१ मत पाउनुभएको थियो ।
यस्तै कांग्रेसको जिल्ला कार्य समिति सदस्यका लागि भएको चुनावमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, बुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डेय, मुक्तिराम बस्याल, पुरुषोत्तम अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल, डिलाकुमारी रानाभाट, जयसरा बाह्रघरे, सावित्रा गौतम, सरस्वतीदेवी आचार्य, शुभद्रादेवी शर्मा, कमला कार्की, गिरिजा गैरे, निर्मला पौडेल, गिता खनाल, रिता गौतम विजयी हुनुभएको छ ।
यस्तै सदस्यमा इन्दिरा भट्टराई, गीता भट्टराई, लक्ष्मण रायमाझी, सूर्यप्रसाद पोखरेल, अमीरबहादुर राना, कमल राना, गणेश श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ, सन्ध्या बज्राचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif