भैरब खबर डटकम संवाददाता, मंगलवार, २० मंसिर, २०७९
पाल्पा – कम्प्यूटर एसोसियन नेपाल –(क्यान) महासंघ पाल्पाको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट जिल्ला अध्यक्ष थमनबहादुर सारू चयन हुनु भएको छ । जसको उपाध्यक्षमा पुण्य सुवेदी, सचिव सुदिप पौडेल, कोषाध्यक्ष सुनिता अधिकारी, सहसचिव महेन्द्र पोखरेल रहनुभएको छ । यस्तै सदस्यहरुमा अमृत अधिकारी, गोपाल गैरे, रोशनीमाला बज्राचार्य रहनुभएको निर्वाचन अधिकृत नारायण ज्ञवालीले जानकारी दिनुभयो ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत नारायण प्रसाद ज्ञवाली र निर्वाचन मण्डलका सदस्य गंगाबहादुर खत्रीले बधाई तथा शुभकामना दिनुभयो । साथै निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता केन्द्रीय अध्यक्ष नवराज कुँवर, केन्द्रीय सदस्य नारायण श्रेष्ठ र प्रदेश सहसचिव महेश शर्माले गर्नुभयो । नव निर्वाचित अध्यक्ष सारुले सबैलाई समेटेर संस्थाको हित र प्रर्वद्धनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
थमन सारुको स्वागतबाट सुरु भएको कार्यक्रम कार्यवाहक अध्यक्ष अम्बिका पाण्डेयको अध्यक्षता र सचिव पुण्यप्रसाद सुवेदीको संचालनमा भएको थियो ।