सन्तोष गहतराज, आईतवार, २२ माघ, २०७९
पाल्पा-नेपाल वादोरियो कराते डो संघ पाल्पा जिल्लाकाे अध्यक्ष दिनेश गन्धर्व चयन हुनुभएको छ । आइतबारमा जिल्ला खेलकुद विकास संघमा भएको भेलाले अध्यक्षमा गान्धर्वलाई निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण भण्डारी,सचिवमा दिपक पोखरेल,कोषाध्यक्षमा विष्णु थापा,सदस्यहरू विधान शाक्य,बबि थापा,मनिस रावल,विमल लामिछाने,प्रमोद कार्की सहित ९ सदस्यीय कार्य समिति गठन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे,बिशिस्ट अतिथि जिल्ला चेस संघ पाल्पाका सस्थापक अध्यक्ष राजिव कुमार शाह रहनु भएको थियो ।
कार्यक्रम नेपाल वादोरियो कराते डो संघका केन्द्रीय सदस्य जनेश पन्थीको अध्यक्षता र कार्यक्रम सञ्चालन महमत वलिको सञ्चालनमा सम्पन्न भएको थियो । निर्वाचिन अध्यक्ष गान्धर्वले खेलाडीहरूलाई प्रशिक्षित बनाउन तालिम सञ्चालन गर्ने,पाल्पा जिल्ला संगठन विस्तारलाई तिव्रता दिने र खेलाडीहरूको हक हितकाे लागि दत्तचित भएर लाग्ने बताउनुभयो ।