बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

नारायण युवा क्लब तानसेन पाल्पाको आयोजनामा खुल्ला कविता वाचन कार्यक्रम सम्पन्न

सन्‍तोष गहतराज, शनिबार, २८ श्रावण, २०७९

नारायण युवा क्लब तानसेन पाल्पाको आयोजनामा खुल्ला कविता वाचन कार्यक्रम सम्पन्न

जिल्लाको सामाजिक कार्यमा सकृय रहेको सस्था नारायण युवा क्लब तानसेन पाल्पाले खुल्ला कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । क्लबले रजत जयन्तीको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खल्ला कविता वाचन कार्यक्रम अमर नारायण फूलबारीमा सम्पन्न गरेको छ । जिल्लाको सामाजिक कार्यमा अग्रसर रहेको क्लब नारायण युवा क्लब तानसेन पाल्पाले रजत जयन्तीको अवसरमा सप्ताहाव्यापी कार्यक्रम आयोजना गरेको छ । अमर नारायण मन्दिर परिसर सरसफाइ गरि सप्ताहाव्यापी कार्यक्रम गरेको क्लबले खुल्ला कविता बाचन कार्यक्रम सम्पन्न गरेको हो । 

 

क्लबले स्थापना काल देखि समाजमा कम अवसर पाएका व्यक्ति,समुदाय एवम संघ सस्थामा पुगी सामाजिक कार्य गरेको छ । भने युवा क्लबका पदाधिकारीहरूलाई उत्पादनमूलक कार्यमा समेत जोड्दै आएको छ । कविता बाचन ३० जना कवि एवम कवियत्रीहरूको सहभागीता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले क्लबले समाज रहेका युवाहरूलाई एकत्रित गरि सामाजिक कार्यमा अग्रतसर हुन उप्रेतीरित गरेको बताउनुभयो । क्लबले युवालाई सामाजिक कार्यमा लाग्न उप्रेरित गरेको  मात्र होइन आयआर्जनको कार्यमा लाग्न समेत सहयोग गरेको बताउनुभयो । 

कार्यक्रममा क्लबका सल्लाहकार सकुन्तला बज्राचार्य,युवराज पौडेल,बरूण रेग्मी लगाएतले रजत जयन्तीको अवसरमा साहित्य रचनालाई प्रस्फुटन गरि समाजको यथार्थ चित्रण गर्ने कवि एवम कवियत्रीहरूको प्रस्तुतीले नया मार्गमा लाग्न उत्प्रेरित गर्ने बताउनुभयो । कार्यक्रम क्लबका अध्यक्ष किशोर दर्शन बज्राचार्यको अध्यक्षता र क्लबका सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो ।

नारायण युवा क्लब तानसेन पाल्पाको आयोजनामा खुल्ला कविता वाचन कार्यक्रम सम्पन्न

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif