मंगलवार, २० मंसिर, २०७९

न्यु सप्तरङ्गी युवा क्लब बगनासकाली खानीगाउँको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

सन्‍तोष गहतराज, आईतवार, १६ आश्विन, २०७९

न्यु सप्तरङ्गी युवा क्लब बगनासकाली खानीगाउँको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा-जिल्लाको बगनासकाली गाउँपालिका वडा न ७ खानीगाउँको न्यु सप्तरङ्गी युवा क्लबको आयोजनामा पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमीको पावन अवसरमा आयोजित प्रतियोगितामा सुर्य ज्योति युवा क्लब प्रथम भएको छ । जस्ले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । द्वितीयमा जनकल्याण युवा क्लब भएको छ । जस्ले २५ हजार नगद ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने तृतीयमा आयोजक टिम न्यु सप्तरङ्गी युवा क्लब भएको छ । जस्ले १२ हजार नगद,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर रानाले स्थानीय स्तरमा आयोजित प्रतियोगिताले खेलाडीहरूको उत्पादनमा टेवा पुर्याउने बताउनुभयो । खेलले खेलाडीहरूको उत्पादन मात्र नगरी शारीरिक स्वास्थ्यको लागि पनि अपरिहार्यता रहेको छ । स्थानीय स्तरमा आयोजित प्रतियोगिताले खेलाडीहरूको पहिचान सँगै राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडीको रूपमा पहिचान बनाउने माध्यम रहेकोले निरन्तर रूपमा खेल जगतमा अगाडि बढ्न खेलाडीहरूलाई आर्गह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पुर्व उधोग मन्त्री सोम प्रसाद पाण्डेले खेलले एक आपसमा हार्दिकता कायम गर्ने बताउनुभयो । खेलकुदले  शारीरिक सुसंठित  गर्न सहयोग गर्दछ त्यसैले स्थानीय स्तरमा यस्ता प्रतिस्पर्धात्मक खेलकुदका कार्यक्रम आयोजना हुन आवश्यक रहेको बताउनुभयो । खेलाडीहरूमा खेल जगतमा प्रतिस्पर्धा गर्न सक्ने अधिक क्षमता एवम दक्षता हुदाहुदै पनि अवसर नपाउदा प्रतिभाको प्रस्फुटन गर्न नपाउने हुदा यस्ता क्लबहरूले स्थानीय स्तरमा आयोजना गर्ने प्रतियोगिताले खेलाडीहरूको उत्पादन एवम पहिचानमा महोत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले युवाहरूको  खेलकुदको विकासका लागि बजेटको विनियोजन गरेको बताउनुभयो । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा पहिलो चरणमा वडा स्तरीय युवा तथा खेलकुद विकास समिति गठन गर्ने र दोस्त्रो चरणमा  पालिका स्तरीय युवा क्लब गठन गर्ने बताउनुभयो ।  सोही कार्य पछि पालिकाका सबै वडाका युवा क्लबहरूको मातहतमा खेलकुद प्रतियोगिता आयोजना गर्ने गरि गाउँपालिका अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि पाठक,गाउँपालिकाका प्रवक्ता टीका थापा,त्रिभुवन बहुमुखी क्याम्पसका क्यापस प्रमुख टंक भट्टराई,नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डे लगाएतको उपस्थिति रहेको थियो । प्रतियोगितामा उत्कृष्ट,खेलाडीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष चन्द्र बहादुर मिधुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

न्यु सप्तरङ्गी युवा क्लब बगनासकाली खानीगाउँको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif