सन्तोष गहतराज, बुधबार, २५ माघ, २०७९
पाल्पा -निशुल्क माटो परिक्षण शिविर कार्यक्रम तिनाउ गाउँपालिकामा सम्पन्न भएको छ । कृषि ज्ञान पाल्पाको आयोजना र तिनाउ गाउँपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो ।
माटो परिक्षण कार्यको उदघाटन गर्दै तिनाउ गाउँ सरकारका प्रमुख प्रेम श्रेष्ठले पालिका भित्र रहेका सबै वडाहरूको माटो परिक्षण गरि कृषि विशेषज्ञहरूले सिफारिष गरे बमोजिमको खेतीपाती गरि आत्मनिर्भर पालिका बनाउने उद्बेश्य राखेको धारण राख्नु भएको थियो । पालिकामा माटोको प्रकृतिका आधारमा फलफुल ,तरकारी तथा खाद्यवाली निर्वाह मुखी मात्र नगरी व्यवसायीक रूपमा कृषि पेशा अगाल्न किसानलाई आग्रह गर्नु भएको थियो ।
कृषकहरूले माटो परिक्षण पश्चात् माटो सुहाउदो किसिमको बाली उत्पादनमा जोड दिन गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले आर्गह गर्नुभयो । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत सुन्दर श्रेष्ठ,वडा न २ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता टेक प्रसाद घिमिरे लगाएतको उपस्थिति रहेको थियो । शिविर कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिकहरूको सहयोगमा आधुनिक सुबिधा सम्पन्न प्रयोशालाबाट माटो परिक्षण गरीएको थियो । कार्यक्रमको सञ्चालन कृषि प्राविधिक विरेन्द्र प्रसाश शाह सञ्चालनमा सम्पन्न भएको थियो ।