भैरब खबर डटकम संवाददाता, आईतवार, ९ माघ, २०७८
पाल्पा – पाल्पामा आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउँ गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका २३ जनामा कोरोना पुष्टि भएको हो ।
एन्टिजेन र पीसिआर विधिबाट गरिएको ६५ जनाको कोरोना परीक्षणमा थप ४३ जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६५ पुगेको पाल्पा स्वास्थ्य कार्यालयले जनाएको छ।पाल्पा स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलका अनुसार सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा भर्ना भएका छन् भने १६ जना संक्रमित भने संक्रमण मुक्त भएका छन ।