मंगलवार, २० मंसिर, २०७९

पाल्पामा विभिन्न पाटी परित्याग गरि ४८ जना नेता तथा कार्यकर्ता एकिकृत समाजवादी पाटीमा प्रवेश

भैरब खबर डटकम संवाददाता, आईतवार, १६ आश्विन, २०७९

पाल्पामा विभिन्न पाटी परित्याग गरि ४८ जना नेता तथा कार्यकर्ता एकिकृत समाजवादी पाटीमा प्रवेश

पाल्पामा विभिन्न पाटी परित्याग गरि ४८ जना नेता तथा कार्यकर्ता एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा अधिकाश नेकपा एमालेका नेताहरू रहेको छन । युवा संघ नेपाल पाल्पाले आयोजना गरेको विजया दशमीको  शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा नेकपा एमालेका नेता सुरेन्द्र कार्की,तुलसी पोखरेल,माओवादी केन्द्रका विकास नापित,दया श्रेष्ठ,खड्क श्रेष्ठ,मोहोन आर्चाय सहित ४८ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका हुन । 

नव प्रवेशीहरूलाई एकीकृत समाजवादी पाटीका पोलिटब्युरो सदस्य एवम प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे,केन्द्रीय सदस्य एवम राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे,पाटीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती,पाल्पा जिल्लाका इन्चार्ज एवम जिल्ला अध्यक्ष खिमान्नद पाण्डे, पाल्पा जिल्ला सह इन्चार्ज एवम पाटीका केन्द्रीय सदस्य अशोक कुमार शाही तथा पाटीका नेता लक्ष्मी पाठकले पाटीमा स्वागत गरेका हुन । 

कार्यक्रममा नेता सुरेन्द्र कार्कीले एमाले पाटी एकलौटी रूपमा नातावाद र कृपावादका रूपमा अगाडि बढेको बताउदै पाटीको व्यवस्था एवम परिपाटीमा परिवर्तन आउछ कि भनी पाटीमा रहेता पनि पाटीमा नातावाद र कृपावाद अन्त्य नभएको र एकलौटी रूपमा दम्भका साथ पाटी सञ्चालन भएकोले पाटी परित्याग एकीकृत समाजवादी पाटीमा प्रवेश गरेको बताउनुभयो । 

पाटीमा नव प्रवेशीहरूलाई स्वागत गर्दै एकीकृत समाजवादी पोलिटब्युरो सदस्य एवम प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डेले पाटी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई उचित स्थानको व्यवस्थापन गरि नेतृत्व प्रदान गर्ने बताउनुभयो । नेकपा एमाले पाटीलाई  तानाशाही एवम एकलौटी रूपमा अगाडी बढाउन खोजेको ,नेपाली जनताले ल्याएको संविधान माथि प्रहार गर्न खोजेकोले देशको राष्ट्रियताको संरक्षण,स्वाधीनताको संरक्षण एवम संविधानको रक्षा गर्नका लागि  पाटी फुटको अवस्था आएको बताउनुभयो । अहिले देशमा गठबन्धनको सरकार छ । गठबन्धन सबै राजनीति दलहरू राष्ट्रियको संरक्षण,संविधानको संरक्षण एवम नेपाली नागरिकको स्वतन्त्रताको पक्षमा रहेको बताउदै आगामी संघ र प्रदेशको निर्वाचनमा ५ दलिय गठबन्धन कायम हुने बताउनुभयो । केही विपक्षहरूले गठबन्धन हुदैन भनेर हल्ला फैलाउन सक्दछन । तर हल्ला पछि नलाग्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्दै देशभरि गठबन्धनको सरकारले अत्यधिक बहुमतका साथ विजयी हासिल गर्ने मन्त्री पाण्डेले बताउनुभयो ।

पाल्पामा विभिन्न पाटी परित्याग गरि ४८ जना नेता तथा कार्यकर्ता एकिकृत समाजवादी पाटीमा प्रवेश

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif