बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

पाल्पा विकास केन्द्रको अध्यक्षमा पोखरेल र उपाध्यक्षमा गहतराज पुनः निर्विरोध निर्वाचित

भैरब खबर डटकम संवाददाता, आईतवार, २९ श्रावण, २०७९

पाल्पा विकास केन्द्रको अध्यक्षमा पोखरेल र उपाध्यक्षमा गहतराज  पुनः निर्विरोध निर्वाचित

पाल्पा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको शनिबार तानसेनमा भएको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।

कूशल र इमान्दारपूर्वक केन्द्रको नेतृत्व सम्हालेका पोखरेललाई पुनःअध्यक्षको जिम्मेवारी दिइएको केन्द्रले जनाएको छ । केन्द्रको अधिवेशनले उपाध्यक्षमा कृष्ण गहतराज चयन हुनुभएको छ । गहतराज भैरब खबर डट कमका संपादक समेत हुनुहुन्छ । पाल्पा जिल्लाका दर्जन बढि सामाजिक संघ सस्थामा अावद्व हुनुभएका गहतराजकाे कुशल कार्यशैलीका कारण पुन सस्थाकाे उपाध्यक्षमा निर्विराेध चयन हुनुभएको हाे । सचिवमा विनोद नेपाल, सह–सचिवमा विनोद भारती, कोषाध्यक्षमा बसन्ती ढकाललाई चयन गरेको छ । यस्तै केन्द्रको सदस्यमा किरण कौशल, किशोर भट्टराई, विश्वराज भट्टराई र शर्मिला अधिकारी चयन भएका छन् । केन्द्रको सल्लाहकारमा बाबुराम कार्की, गोपाल प्रसाद बस्याल, मेघराज शर्मा, झपेन्द्र जिसीलाई चयन गरिएको छ ।

अधिवेशनको गैरसरकारी महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सीनाले उद्घाटन गर्नुभएकाे थियाे । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका तिमिल्सीनाले पाल्पा विकास केन्द्रले मिडियाको विकासमा खेलेको भूमिका अत्यन्त प्रशसंनिय रहेको बताउनुभयाे । उहाले आगामी दिनमा राष्ट्रियस्तरको गैरसरकारी संस्थाको रुपमा पहिचान बनाउने गरी काम गर्न केन्द्रलाई आग्रह गर्नुभयाे । नेतृत्वदायी संस्था र निकायको सहयोगी भूमिकामा गैरसरकारी संस्थाहरुले काम गर्दै आएकाले स्थानीय सरकारहरुले त्यही अनुसारको समन्वय र भूमिका खेल्नुपर्नेमा अध्यक्ष तिमिल्सीनाले जोड दिनुभयाे ।

कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक तथा पाल्पा संग्रहालयका अध्यक्ष राजेन्द्र गोपाल सिंह, स्वास्थ्य, शिक्षा, साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष तथा तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर राज रेग्मी, पशु सेवा कार्यालयका प्राविधिक युवराज ज्ञवाली, निर्वाचन मण्डलका संयोजक बाबुराम कार्की लगायतले केन्द्रको सफलताको शुभकानमा व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्रले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । केन्द्रकी कोषाध्यक्ष बसन्ती ढकालले १ करोड १२ लाख २२ हजार बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, सचिव विनोद नेपाल र भविन्द्र गौतमको सञ्चालनमा भएको थियो

                                 

  

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif