भैरब खबर डटकम संवाददाता, बिहीबार, ५ जेष्ठ, २०७९
पाल्पा-
सबैजसो स्थानमा प्रमुख पदमा पुरुषले कब्जा जमाइरहँदा पाल्पा बगनासकाली गाउँपालिकामा नेकपा एमालेकी उम्मदेवार सरस्वती चिदी पाल्पामै पहिलो पटक महिला प्रमुख भएकी हुन् ।
नेकपा एमालेकी उम्मेदवार चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरी पाल्पाको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
एमाले उम्मेदवार चिदीले ८ सय ३३ मत अन्तरले कांग्रेसकी अधिकारीलाई पराजित गरेकी हुन् । चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजय हाँसिल गरिन् भने नेपाली कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन्।
चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन् ।
पालिकाको उपाध्यक्षमा नेकपा एमालेकै हरिप्रसाद पाठक विजयी भएका छन् । एमालेका पाठकले १ हजार ८५ मतले नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयलाई पराजित गरे।
एमालेका पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी भए । एकीकृत समाजवादीका पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गरे।
९ वटा वडा रहेको बगनासकालीमा ६ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपा एमालेले वडा नम्बर २ बाट तिर्थप्रसाद भट्टराई, वडा नं. ३ बाट टिकाबहादुर थापा, वडा नं. ४ बाट जितबहादुर कनौजे, वडा नं. ५ बाट ओम प्रकाश गैरे, वडा नं. ७ बाट गण बहादुर बुढाथोकी र वडा नं. ८ बाट मोतिलाल बस्याल विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट वडा नं. १ बाट शेरबहादुर चिदी, वडा नं. ६ बाट लक्ष्मीप्रसाद अधिकारी र वडा नं. ९ बाट थानेश्वर तिमिल्सिना विजयी भएका छन् ।
२०७४ सालको स्थानीयको निर्वाचनमा पालिका अध्यक्षसहित ५ वटा वडा जितेको कांग्रेसले २०७९ को निर्वाचनमा ३ वडामा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेकोमा २०७९ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडामा जित हाँसिल गरेको हो।
पाल्पामा सम्पन्न भएको ९ वटा पालिकाको मतपरिणाअनुसार एमाले अग्रस्थानमा रहेको छ । एमालेले ५ अध्यक्ष, ४ उपाध्य, कांग्रेसले २ प्रमुख, १ अध्यक्ष, १ उप प्रमुख, २ उपाध्यक्ष र नेकपा माओवादीले १ अध्यक्ष, १ उप प्रमुख, १ उपाध्यक्ष पदमा जित हाँसिल गरेको छ ।
८१ वडा रहेको पाल्पामा ७६ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमाले ३८, कांग्रेस ३२, माओवादी केन्द्र ५ र जनमोर्चाले १ वटा वडामा जित हाँसिल गरेको छ। चिदी लुम्बिनी प्रदेशकै पहिलो महिला गाउँपालिका अध्यक्ष समेत हुन ।