बुधबार, ११ जेष्ठ, २०७९

रिब्दीकाेट गाउँपालिकाले मासुमा आत्मनिर्भरताका लागि बंगुरका बच्चा हस्तान्तरण

सन्‍तोष गहतराज, आईतवार, ९ माघ, २०७८

रिब्दीकाेट गाउँपालिकाले मासुमा आत्मनिर्भरताका लागि बंगुरका बच्चा हस्तान्तरण

पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकाले मासुमा आत्मनिर्भरताका लागि बंगुरका बच्चा वितरण गरेको छ । कार्यक्रम दलित उत्थान समन्वय समिति रिब्दीकाेट ४ काे आयाेजना र रिब्दीकाेट गाउँपालिकाकाे आर्थिक सहयोगमा सम्पन्न भएको हाे । 

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले गाउँपालिकाले दलित उत्थान समन्वय समिति मार्फत नागरिकहरूलाई स्वराेजगार बनाउनका लागि बंगुरका बच्चा वितरण गरेको बताउनुभयो । गाउँपालिकाले दुधमा आत्मनिर्भताकाे लागि गाई भैंसी वितरण,मासुमा आत्मनिर्भताकाे लागि बाख्रा वितरण लगाएतका कार्यक्रम सञ्चालन गरेको बताउदै हाल नागरिकहरूलाई उत्पादनमूलक कार्यमा जाेडनका लागि एवम मासुमा आत्मनिर्भताका लागि बंगुरकाे बच्चा वितरण गरिएको बताउनुभयो । बंगुर उचित हेरचाह र पालन पाेषण गर्न सकेमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने भएकोले कृषकहरूले मेहनतका साथ परिश्रम गरि बढि भन्दा बढि प्रतिफल प्राप्त गर्न आर्गह गर्नुभयो । 

गाउँपालिकाले प्रत्येक बर्ष वडा न ४ का कृषकहरूलाई आलाेपालाे गरि बंगुरका बच्चा वितरण गर्दै आएकाे छ । अघिल्लो बर्ष ८ जना दलित समुदायका नागरिकलाई वितरण गरिएको थियाे भने यस बर्ष ८ जनाले प्राप्त गरेका छन । 

 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif