शुक्रबार, १० चैत्र, २०७९

रिब्दीकोट गाउँपालिकाले शिक्षक तथा शिक्षिकालाई आंखा, कान, नाक, घाटी तथा मुख सम्बन्धी एक दिने अभिमुखिकरण

सन्‍तोष गहतराज, सोमबार, २३ माघ, २०७९

रिब्दीकोट गाउँपालिकाले शिक्षक तथा शिक्षिकालाई आंखा, कान, नाक, घाटी तथा मुख सम्बन्धी एक दिने अभिमुखिकरण

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी पालिका भित्रका सामुदायिक तथा निजि विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रम गाउँपालिकाको गाउपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले शिक्षक,शिक्षिका समाजका अगुवा रहेकोले स्वास्थ्य सम्बन्धि सचेतना मुलक कार्यक्रमलाई विद्यालयका शिक्षक मार्फत विद्यार्थी र परिवार पुर्याउदा प्रभावकारीता हुने परिस्थितिलाई मध्ये नजर गरि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमले पालिका भित्र गुणस्तरीय स्वास्थ्य सेवा पुयाउन मद्धत पुग्ने अध्यक्ष कार्कीको भनाई छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी,प्रमुख प्रशासकृय अधिकृत पवन अर्याल,लेखा अधिकृत मन्जु पन्थी, लगाएत पालिका भित्रका सामुदायिक तथा निजि विद्यालयका शिक्षक एवम शिक्षिकाहरूको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रममा पालिका भित्रका शिक्षकहरुलाई विद्यालयका बालबालिकामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्याबाट सचेत बनाउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताउनु भयो । 

कार्यक्रममा शिक्षकहरु बिच आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी के कस्ता समस्या हुन सक्दछन त भन्ने विषयवस्तुमा छलफल गरिएको थियो । शिक्षक समाजको अगुवा भएकाले आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्याहरूको समयमा समाधान गर्न महत्वपूर्ण भूमिका रहने शिक्षा शाखा प्रमुख मणि खनालले बताउनु भयो । कार्यक्रममा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी रोग तथा समस्याहरू तथा त्यसको समाधानका उपायका बारेमा जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif