मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

रिब्दीकोट गाउँपालिकामा नमुना युवा गाउँ सभा अभ्यास शुभारम्भ

सन्‍तोष गहतराज, बुधबार, १५ असार, २०७९

रिब्दीकोट गाउँपालिकामा नमुना युवा गाउँ सभा अभ्यास शुभारम्भ

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाले युवा क्लब गठन एवम नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत नमुना युवा गाउँ सभा अभ्यासको शुभारम्भ गरेको छ । कार्यक्रम रिब्दीकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद सानोठिमी,भक्तपुरको सहयोगमा शुरू भएको हो ।

युवाहरूलाई लोकतन्त्र एवम लोकतान्त्रिक पद्धतिको जानकारी गराई सशक्त युवाहरूको उत्पादन गराउने उधेश्यका साथ १६ देखि २४ बर्ष सम्म युवाहरूलाई प्रशिक्षित बनाउनका निमित नमुना युवा गाउँसभाको अभ्यास गरिएको हो । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि खनालले शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाले पालिकाका ८ वटाहरूबाट ३ जना प्रतिनिधिको  छनोट गरिएको र बाकी ५ जना पालिकाले छनोट गरि २९ जना युवाहरूलाई व्यक्तित्ब तथा नेतृत्व विकासको क्षमता वृद्धि गराउने उधेश्यका साथ नमुना युवा गाउँसभाको अभ्यास शुभारम्भ गरिएको बताउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोट गाउँपालिकाले युवाहरूलाई नमुना युवा गाउँसभाको अभ्यास मार्फत संसदिय अभ्यास गराउनका लागि युवा गाउँसभा शुरूवात गरिएको बताउनुभयो । आजका युवा पिडिहरू भोली स्थानीय वडा,गाउँपालिका,जिल्ला गर्दै संसाद हुने र देशको महोत्वपुर्ण पदमा पुग्दा अपनाउनु पर्ने संसदीय व्यवस्थाको बारेमा युवा पिडिहरूलाई अभ्यास गराउनका लागि नमुना युवा गाउँसभाले राखिएको बताउनुभयो । सभाले युवा पिडिलाई वर्तमान व्यवस्थाको जानकारी गराउने र आगामी दिनमा व्यक्तित्व एवम नेतृत्व विकासको माध्यमबाट संघीय लोकतान्त्रिक व्यवस्था स्वरूप संसदीय अभ्यास गराउनका लागि कार्यक्रमले महोत्वपुर्ण भुमिका निवार्ह गर्ने बताउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल,लेखा अधिकृत मन्जु पन्थी,पालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । १७ गते सम्म सञ्चालन हुने नमुना युवा गाउँसभा अभ्यासको प्रशिक्षण राष्ट्रिय युवा परिषद अर्घाखाँचीका अध्यक्ष लिला बहादुर विकले गर्नु भएको छ । 

सभा राष्ट्रिय युवा परिषद पाल्पा जिल्लाका अध्यक्ष तुल बहादुर अधिकारीको अध्यक्षता र अनिल पोखरेलको सञ्चालन भएको थियो । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif