शनिबार, १८ असार, २०७९

रामपुर नगर प्रमुखमा रमण थापा र उप–प्रमुखमा बालकुमारी थापा निर्वाचित

भैरब खबर डटकम संवाददाता, बुधबार, ४ जेष्ठ, २०७९

रामपुर नगर प्रमुखमा रमण थापा र उप–प्रमुखमा बालकुमारी थापा निर्वाचित

पाल्पा, पाल्पाको रामपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रमण बहादुर थापा निर्वाचित हुनु भएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अधिवक्ता शिव अर्याललाई ३ सय ७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी हुनु भएको हो ।

मंगलबार विहान सम्पन्न मतगणना अनुसार थापाले १० हजार ४ सय ५६ मत र अर्यालले १० हजार ८३ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उप–प्रमुखमा नेपाली कांग्रेसका बालकुमारी थापा निर्वाचित भएको छ । उहाँले एमालेका उम्मेदवार दुर्गा देवी रानालाई ५७ मतले पराजित गर्दै थापाले विजयी हासिल गर्नु भएको हो । थापाले १० हजार ३ सय ७ मत र रानाले १० हजार २ सय ५० मत प्राप्त गर्नु भएको थियो । नव निर्वाचित मेयर थापा यस अघि २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार राजु प्रसाद श्रेष्ठलाई भारी मतान्तरले पछि पार्दै विजयी हुनु भएको थियो ।

एमाले बाट उपमेयरका उम्मेदवार राना यस अघि विष्णु देवी घिमिरे आचार्य संग पराजित हुनु भएको थियो । राना यस पटक झिनो मतान्तरले पराजित हुनु भएको हो । रामपुर नगरपालिकामा बामलोकतान्त्रिक गठबन्धन बाट कांग्रेसले उम्मेदवार उठाएको थियो । रामपुर नगरपालिकाको १० वडा मध्ये वडा नं. १, २, ४, ५, ६, ,७, ९ र १० गरि ७ वडामा कांग्रेस र वडा नं. ३,८ र १० मा एमालेको प्यानल विजयी भएको छ । वडा नं. १ मा कपिल बहादुर खाँण, वडा नं. २ मा कृष्ण बहादुर दर्जी, वडा नं. ३ मा दामोदर पाठक, वडा नं. ४ मा राम बहादुर राना, वडा नं. ५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा दिवाकर देवाकर देवकोटा, वडा नं. ७ मा दोवराज तिवारी, वडा नं. ८ मा दिनेश आचार्य, वडा नं. ९ मा दिल बहादुर राना र वडा नं. १० मा तोयानाथ सारुको प्यानल निर्वाचित भएका छन् । रामपुर नगरपालिकामा कांग्रेसले वडा अध्यक्ष संख्या बढाए पनि मतान्तर भने घटेको देखिन्छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif