भैरब खबर डटकम संवाददाता, शनिबार, ७ जेष्ठ, २०७९
पाल्पा-रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले नगर र नगरबासीको समृद्धिको लागि विषेश योजना अनुसार अगाडी बढ्ने बताउनु भएको छ । दोस्रो कार्यकालको लागि निर्वाचित भए संगै थापाले पदभार ग्रहण पश्चात शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्षे कार्यकाल संक्रमणमा विच केही योजना अघि बढाएर वितेको भन्दै अब योजना बद्ध रुपमा विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो ।
सीताकुण्ड मिडिया प्रा।लि।को आयोजनामा भएको पत्रकार भेटघाटमा आफ्नो आगामी योजना बारे जनाकारी दिदै अब विकासको लागि बाहाना गर्न छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तह संरचनाको सुरुवातमा भएकाले यस अघि कर्मचारीको अभाव, कानुन निर्माणमा अलमल तथा कोरोना महामारीकाका विच यस अघिको कार्यकाल वित्यो । अब हामीलाई विकासका लागि बाहाना बनाउने छुट छैन । त्यसैले निर्वाचन अघिको घोषणा अनुसार विशेष योजना सहित अघि बढ्ने छु ।’ थापाले यस अघि संक्रमणकालीन अवस्थामा पनि खरको छाना रहित नगर, ढल रहितको शहर, उज्यालो नगर, युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान, गौशाला निर्माण, शीतभण्डार लगाएतका अनुकरणीय कार्यलाई अघि बढाएको स्मरण गर्दै विगतका राम्रा कार्यक्रम संगै अन्य योजनालाई अघि बढाउने जानकारी दिनुभयो ।
थापाले गाउँ र फाँट क्षेत्रलाई जोड्ने गरी रिङ्गरोडको निर्माण, कालीगण्डकी नदी किनारका धार्मिक स्थल संग जोड्ने पैदलमार्ग निर्माण, वडा कार्यालय, स्वस्थ्य संस्था तथा मुख्य विद्यालयहरु सम्म पुग्ने सडक धुलो रहित बनाउन पिच गर्ने, एक घर एकधारा कार्यक्रमलाई पूर्णता दिने, लिफ्टीङ्ग सिंचाई आयोजना सञ्चालन गर्ने, कालीगण्डकीमा जलयात्रा सुचारु गर्ने लगाएतका योजना अघि सार्ने बताउनुभयो । साथै रोजगार सृजनाको लागि उद्योग स्थापना गर्न प्रोत्साहनका योजना ल्याउने, २० लाख सम्म व्याज अनुदान दिदै आएको ३० लाख पु¥याउने, साना व्यवसायीक कृषकहरुलाई लक्ष्यित गरी कृषक कार्ड वितरण गर्नुका साथै ३० हजार देखि ५ लाख सम्म विनाधितो ऋणको व्यवस्था गर्ने, नगर भित्रका श्रमिकहरुको लागि अनिवार्य विमा लागु गर्ने, मजदुरहरुको व्यवस्थापनको लागि मजदुर गृह निर्माण गर्ने, मजदुरहरुको ज्यालामा एकरुपता ल्याउने, जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक स्याहार केन्द्र सञ्चालन, निशुल्क धार्मिक भ्रमण गराउने, सामाजिक सुरक्षा भत्ता लिन बैंक सम्म आउन समस्या भएकाले बैंक सम्म आउनको लागि जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई निशुल्क यातायातको व्यवस्था गर्ने योजना ल्याउने बताउनुभयो ।
साथै थापाले शहरलाई व्यवस्थित बनाउन यस अघि पनि सडक निर्माणकोमापदण्ड लागु गरिएको र अब हाउजिङ्ग निर्माणमा जोड दिने, घरहरुको डिजाईन र रंगमा एकरुपता ल्याउनुका साथै एक वडा एक कलरको कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि कालीनदीमा जलयात्रा सुरु गर्ने, खैरेनी वनमा गिद्ध संरक्षणका लागि गिद्धरेष्टुरेण्ट स्थापना गर्ने, फोहोर व्यवस्थापनको योजना पाईपलाईनमा रहेको र दिर्घकालिन व्यवस्थापन गर्ने, बजार क्षेत्रको सडकलाई सुन्दरता प्रदान गर्ने इट्टा तथा टायल राख्ने, गौरीघाट देखि विजयपुर सम्मको सडकलाई फुलैफुलको सडकको रुपमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले रामपुर अस्पताल संगै नगरका स्वास्थ्य संस्थाहरुमा डाईलोसिस सेवा सुचारु गर्ने योजना रहेको उल्लेख गर्नुभयो । नगर भित्र दक्ष जनशक्ति तयार गर्न उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई ५ वर्ष नगरमा सेवा गर्ने सम्झौतामा प्राविधिक विषय र एमविविएस अध्ययन गर्ने विद्यार्थीहरुको शुल्कमा २५ प्रतिशत नगरले बेहोर्ने जानकारी गराउनुभयो । विपन्न परिवारका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको प्रबन्ध मिलाउने बताउनुभयो ।
नगरमा शान्ति सुरक्षा कायम गर्न बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्नुका साथै सुचना मैत्रीनगरका लागि सार्वजनिक स्थानमा वाईफाई फ्री गरिने बताउनुभयो । पदमा रहे पछि चुनौतिहरु धेरै हुने भन्दै जनताको भावना अनुसार अघि बढ्ने बताउँदै थापाले सकारात्मक रुपमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
५ वर्ष नगरबासीको सेवामा निष्पक्ष र अनुसाशित ढंगले समर्पित हुने छु स् उपप्रमुख थापा
होटल न्यू श्रीनगरको सभाहलमा भएको पत्रकार भेटघाटमा उपप्रमुख बालकुमारी थापाले ५ वर्षे कार्यकाल नगरबासीको सेवामा निष्पक्ष र अनुसाशित ढंगले समर्पित हुने बताउनु भयो । उहाँले कार्यपालिकामा रहेर ५ वर्षमा लिएको अनुभव संगै विज्ञहरुको सल्लाह र अग्रजहरुको सुझाव अनुसार अघि बढ्ने अठोट गर्नुभयो । आफ्ना योजनाहरु सार्वजनिक गर्दै थापाले महिलाहरुलाई सक्षम बनाउनका लागि विउ पुँजीकोष स्थापना गरेर आय तथा सीपमुलक तालिम व्यवस्था गर्ने, सीप र क्षमताको आधारमा महिलाहरुलाई विशेष रोजगारीको कार्यक्रम सञ्चालन गर्ने, शिक्षा बाट वञ्चित महिलाहरुको लागि किशोरी तथा महिला शिक्षा प्रदान गने बताउनुभयो ।
महिला हिंसा संगै समाजमा रहेका कुप्रथाको अन्त्य गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै थापाले महिला अधिकार सुनिश्चितताका साथ न्याय र विकास लागि विचारको आधारमा विभेद नगरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले फोहोर व्यवस्थापन भविष्य जटिल बन्न सक्ने भएकाले नागरिकलाई आफ्नो ठाउँ सफा राख्न सरसफाई प्रति म सफा गर्छु मेरो नगर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । थापाले महिला कर्मचारीहरुलाई गर्भवती भएको समय ४ पटक स्वास्थ्य परिक्षण र रजस्वला भएको पहिलो दिन विदा दिने कार्यक्रमलाई निरन्तरता दिने भन्दै बालबालिकाको पोषण संगै आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । सुत्केरी आमाहरुलाई पोषण भत्ता ५ हजार प्रदान गरीने बताउनुभयो । संक्षिप्तमा आफ्नो आगामी योजना प्रस्तुत गर्दै थापाले विकासका योजना संगै बजार अनुगमनलाई विशेष ध्यान दिई सहज र सरल तरिकाले काम गरी जनतालाई सहज हुने गरी अघि बढ्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले पत्रकारहरुलाई सही सुचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नुभयो । यस अघिका जनप्रतिनिधिहरुले ५ वर्षे कार्यकालमा ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको स्मरण गर्दै जनताको मन जितेर अघि बढ्न शुभकामना दिनुभयो । पत्रकार बासुदेव ढकालले शुभकामना दिदै सञ्चार माध्यम र सञ्चारकर्मीहरुको उत्थानका लागि आवश्यक कदम चाल्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका क्षेत्रमा सक्रिय पत्रकारहरुले आफ्ना शुभकामना र सुझाव सहित नगर विकासको लागि अघि बढ्न आग्रह गर्दै सञ्चारकर्मी सदा साथमा रहेको बताएका थिए । सीताकुण्ड मिडिया प्रा.लि.का अध्यक्ष दुर्गेश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीताकुण्ड मिडिया प्रा.लि.का सञ्चालक दान बहादुर हिस्कीले गर्नु भएको हो ।