सन्तोष गहतराज, बुधबार, २५ माघ, २०७९
पाल्पा- जिल्लाको रैनादेबी छहराले ८ नं वडा सत्यवतीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ भिआइए परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी शिविर कार्यक्रम सञ्चालन भएको छ । ८ नं वडाका बासिन्दाहरूलाई लक्षित गरी आज सञ्चालन भएको शिविर रैनादेवी छहरा गाउँपालिकाको आयोजना तथा परिवार नियोजन सङ्घ, पाल्पाको प्राविधिक सहयोगमा भएको हो ।
वडा न ८ स्थित स्वास्थ्य चौकीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ भिआइए परीक्षण र इम्प्लान्ट सम्बन्धी निस्शुल्क स्वास्थ्य शिविरमा १४२ जनाले स्क्रिनिङ भिआइए जाँच गराएका छन । ८ जनाले भ्यासेक्टोमी ,७० जनाले इम्प्लान्ट, १ जनाले आइ यु सिडि र शिविरमा सहभागीले प्राप्त अन्य सेवा सहित १५० जनाले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतामा मध्ये नजर गरि स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागि गाउँपालिकाले कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । शिविरले ग्रामीण भेगमा महिलाहरूलाई फाइदा पुग्ने बताउदै अब छिटै वडा न ६ र ७ मा पनि सञ्चालन गरिने बताउनुभयो ।