मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

रैनादेबी छहरामा १९ औ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइयाे

सन्‍तोष गहतराज, बुधबार, १५ असार, २०७९

रैनादेबी छहरामा १९ औ राष्ट्रिय  धान दिवस भव्यताका साथ मनाइयाे

पाल्पा- असार १५-मानो रोपेर मुरी उब्जाउने' महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँएकाे छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ

यसैबिच जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकाले १९ औ राष्ट्रिय धान दिवस २०७९ धान बालीमा जैबिक बिबिधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ मनाइएको छ । 

धान दिवसकाे अवसरमा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरा गाउँपालिका वडा न  ३ भुवनपोखरीकाे बल्गामा आज किसान संगै रोपाईमा सहभागी हुँदै राेपाईमा कार्यक्रम सहभागी हुनु भएको छ । अध्यक्ष भट्टराईले हल गरू नारी परम्परागत रूपमा राेपाई कार्यक्रम सहभागी हुनुभएको हाे । गाउँपालिकाकाे कृषि शाखाकाे आयाेजनामा भएको राष्ट्रिय धान दिवस २०७९ कार्यक्रममा   गाउपालिकाका उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी, लेखा अधिकृत लिलामणी बस्याल लगाएतकाे उपस्थिति रहेको थियाे । 

राेपाई कार्यक्रम सहभागी हुँदै गाउँपालिका अध्यक्ष भट्टराईले रैनादेबी छहरालाई कृषिकाे माध्यमबाट समृद्ध गाउँपालिकामा रूपमा विकास गर्ने बताउनुभयो । कृषिमा आधुनिकिकरण प्रविधिकाे प्रयाेग र परम्परागत कृषि प्रणालीकाे जगेर्ना गर्दै पालिकाका कृषकलाई व्यवसायीे मुलक कार्यमा संलग्न गरि रैनादेबी छहरा गाउँपालिकाकाे कृषिमा आमुल परिवर्तन ल्याउने गरि कार्य गरिने अध्यक्ष भट्टराईले बताउनुभयो । 

धान दिवसकाे अवसरमा आज पाल्पाका दशै वटा स्थानीय तहहरूमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाईएकाे छ ।

रैनादेबी छहरामा १९ औ राष्ट्रिय  धान दिवस भव्यताका साथ मनाइयाे

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif