सन्तोष गहतराज, आईतवार, २२ माघ, २०७९
पाल्पा- जिल्लाकाे रैनादेबी छहराले ८ नं वडा सत्यवतीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ भिअाइए परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ । वडा न ६, ७ र ८ नं वडाका बासिन्दाहरूलाई लक्षित गरी माघ २५ गते सञ्चालन हुन गईरहेको परिवार नियोजन शिविर तथा भिअाईए जाँच सम्बन्धी शिविरको तयारीका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रम ८ नं वडाध्यक्ष रेम बहादुर रानाको अध्यक्षता, प्रवक्ता देवेन्द्र पुनको विशिष्ट आतिथ्यता, कार्यपालिका सदस्यद्वय कविता खनाल र सुकमाया वि.क., वडा सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख जिबन राना लगायतको उपस्थितिमा सञ्चालन भएको थियो ।
कार्यक्रममा मेडिकल अधिकृत डा. शिशिर कुमार पटेलले अभिमुखिकरण प्रदान गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सत्यवती स्वास्थ्य चौकी प्रमुख मनोज रानाले गर्नुभएको थियो ।