शनिबार, १८ असार, २०७९

तानसेन नगरपालिकाका नवनिर्वाचित पद्वाधिकारीहरूलाई पदस्थापना

भैरब खबर डटकम संवाददाता, बिहीबार, ५ जेष्ठ, २०७९

तानसेन नगरपालिकाका नवनिर्वाचित पद्वाधिकारीहरूलाई पदस्थापना

पाल्पा- बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहकाे निर्वाचनमा निर्वाचित तानसेन नगरपालिकाका मेयर,उपमेयर,वडा अध्यक्षहरू एवम वडा सदस्यहरूलाई विहिबार तानसेन नगरपालिकाकाे हलमा प्रमाण पत्र ,टिका लगाई प्रदान गरि सपथ ग्रहण गरि पदस्थापना गरिएको छ । 

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार सन्ताेष लाल श्रेष्ठ र गठबन्धनकै माअाेवादी केन्द्रका उम्मेदवार प्रतिक्षा सिङ्जालीले विजयी हुनु भएको छ ।
 
१४ वटा वडा रहेको तानसेन नगरपालिकामा १० वटा वडामा गठबन्धनले विजयी प्राप्त गरेको थियाे भने ४ वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको थियाे । विहिबार प्रमुख निर्वाचन अधिकृत खड्क बहादुर के सीले नवनिर्वाचित मेयर श्रेष्ठ,उपमेयर सिङ्जाली लगाएत १४ वटै वडाका वडा अध्यक्ष सहित वडा सदस्यहरूलाई सपथ ग्रहण गराउनु भएको हाे । कार्यक्रममा तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशाेक कुमार शाही र निवर्तमान उप प्रमुख लक्ष्मी पाठकले तानसेन नगरपालिकाले विगतकाे समयमा नीति नियम निर्माण गरेकोले वर्तमान नगर प्रमुख र उप प्रमुखलाई सहज वातावरण रहेको बताउनुभयो । साथै नगर सरकारले विगतकाे समयमा सञ्चालन गरेको अधुरा र अपुरा याेजनाहरू सम्पन्न गर्न आर्गह गर्नुभयो । 

कार्यक्रममा सपथ ग्रहण गर्दै नवनिर्वाचित मेयर सन्ताेष लाल श्रेष्ठ र उप मेयर प्रतिक्षा सिङ्जालीले जन अपेक्षा अनुरूप कार्य गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ,सुरक्षा निकायमा प्रमुखहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रम प्रमुख निर्वाचन अधिकृत खड्क बहादुर के सीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

तानसेन नगरपालिकाका नवनिर्वाचित पद्वाधिकारीहरूलाई पदस्थापना

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif